कतार प्रहरीको लागि थप हजारौं डिमाण्ड आउँदैछन् ?


काठमाडौं : ‘कतार प्रहरीको लागि थप हजारौं डिमाण्ड आउँदैछ रे हो ?’ यो प्रश्न धेरै जना वैदेशिक रोजगारको लागि कतार पुलिसको डिमाण्डको पर्खाईमा बसेका युवाहरुको प्रश्न हो । कयौं वैदेशिक रोजगारमा पठाउन सक्रिय एजेन्टहरुले

भने यही प्रश्नको माध्यमबाट चलखेल गरेको पाइएको छ ।
वैदेशिक रोजगारको आकर्षण बनेको कतार प्रहरीको लागि पछिल्लो पटक दुई सय जनाको डिमाण्ड प्रमाणीकरण भएसंगै सम्बन्धित म्यानपावरमा भन्दा अन्य म्यानपावर तथा एजेन्ट अखडाहरुमा अन्तर्वार्ता र कागजात संकलनको कामहरु हुन थालेका छन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कतारको दोहास्थित नेपाली दूतावासलाई मागपत्र प्रमाणीकरणको अनुमति दिएसँगै दूतावासले राजधानीको लाजिम्पाटस्थित अल ताक्वेत ओभरसिज नेपाल प्रा.लि. लाई पूर्व स्वीकृति दिएको थियो । जसमा ७ देखि १० लाखसम्म लागत तिरेकाहरुलाई मात्र लैजाने तयारी सहितको एजेन्ट सेटिङ भएको बुझिएको छ ।

यता कतार पुलिसको डिमाण्ड आएसँगै कतार प्रहरीको डिमाण्ड निकट भविष्यमै आउने भन्दै काठमाडौँको गोंगबु र सिनामंगल क्षेत्रमा धमाधम डकुमेन्ट संकलन भईरहेको पाइएको छ ।
डकुमेन्ट बुझाउनेहरुमा अधिकांश रोजगारकै क्रममा रहेका नेपाल प्रहरी र सुरक्षाकर्मीहरु समेत रहेको बताइएको छ ।

कतिपयले अग्रिम अशुली समेत लिईसकेको स्रोतको दावी छ । वर्तमान वैदेशिक रोजगार नीति अनुसार कुनै पनि वैदेशिक रोजगारको डिमाण्ड पूर्वस्वीकृति अगावै अन्तर्वार्ता लिन पाइदैन ।
अन्तर्वार्ता लिएका स्थानहरुमा सरकारी निकायले स्वीकृति दिनु अगावै हजारौं कामदारको माग आउंदैछ भन्दै भ्रम छरिएको पाइएको छ ।

कतार स्थित नेपाली दुतावासले मागपत्र प्रमाणीकरण गरेपछि मात्र सम्बन्धित डिमाण्ड आए/नआएको आधिकारिक हुन्छ ।
कतार स्थित नेपाली दुतावासले हालसम्म दुई सय जनाको भन्दा बढी माग कतार पुलिसको लागि नआएको जनाएको छ । दुतावासले हजारौंलाई कतार पुलिसमा लगिदैछ भन्ने भ्रममा नपर्न अनुरोध गरेको छ ।

दुतावासका अनुसार कतार पुलिसमा जानको लागि भिसा शुल्क निशुल्क हो । हवाई शुल्क समेत लाग्दैन । कतार पुलिसको नाममा कुनै शुल्क उठाउन पाइदैन । एजेन्टहरुलाई कतार प्रहरीको डिमाण्डमा अशुली गरेर ठगि गर्न सजिलो समेत छ । रोजगारीको लागि अधिकांश सरकारी सेवामै कार्यरत हुने हुँदा भविष्यमा ठगिएपनि उजुरी दिन डराउँछन् ।

यसअघि यस्तै प्रकृतिको ठगिमा परेका एक नेपाल आर्मीले गुनाशो गरेका थिए ‘एजेन्टले विदेश पठाईदिन्छु भनेर एक लाख अग्रिम लियो । बैंक मार्फत पैसा दिएको प्रमाण पनि छ तर एजेन्टले विदेश पठाउन नसकेपछि पैसा फिर्ता दिईरहेको छैन, सरकारी सेवामै रहेको कारण उजुरी दिन सकिरहेको छैन ।’

वैदेशिक रोजगार ऐन अनुसार विदेशस्थित दूतावास वा नियोगबाट मागपत्र प्रमाणीकरण भएपछि पूर्व स्वीकृति लिएको म्यानपावरले मात्र सम्बन्धित डिमाण्डको अन्तर्वार्ता लिन पाउँछ । तर एउटा म्यानपावरको डिमाण्ड अनेकौं स्थानमा अन्तर्वार्ता हुनुले कतार प्रहरीको नाममा चर्को अशुली र ठगि हुनसक्ने बुझिएको छ ।

तल कमेन्टमा आफ्नो प्रत्रिकृया लेख्न नभुल्नु होला ।

हाम्रो फेसबुक पेज