फेसबुकमा बेलायतको नागरिक बनेर आफ्नै साथीलाई अनलाईन ठगी गर्ने ब्यक्ति पक्राउ


सामाजिक संजाल फेसबुकमा आफ्नै महिला साथिलाई अनलाईन ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

फेसबुकमा केडी गोर्खाली नामको आईडीबाट फ्रेण्ड रिक्वेस्ट पठाई साथी बनी बेलायतको लाहुरे भएको भन्दै पटक पटक गरी नगद रु १,६०,५००।–, सुनको बेरुवा औठी, सुनको लकेट सहितको सिक्री समेतको धनमाल आफै लिई ठगी गरेको भन्ने उजुरीको आधारमा भोजपुर साल्पासिलिछो गाउपालिका वडा नं. ४ लिम्खिया घर भएका ३१ वर्षिय केदार राईलाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको हो ।

उनले साथीलाई फेसबुकमार्फत “म बेलायतको लाहुरे हुँ, हाल यूकेमा छुु भनि निजले मलाई माया गर्छु, तिमिलाई बेलायतमा लैजान्छु, मेरो श्रीमती इटहरीमा सवारी दुर्घटनामा परी मृत्यु भएको हो, छोराछोरी लण्डलमा होस्टल राखेको छु, नेपालमा आमा हुनुहुन्छ” भन्ने जस्ता म्यासेन्जर मार्फत कुराकानी गर्ने गरेको प्रहरीको भनाई छ ।

भदौ १६ गते म्यासेन्जरमा फोन तथा म्यासेज गरी निजले आफ्नो आमा कलेजोको रोगी भई बिरामी परेर ग्राण्डी अस्पतालमा उपचारत रहनु भएकोले केहि रकम आवश्यक परेको भनी रकम लगेको बताईएको छ ।

ठगीको जाहेरी दरखास्तको आधारमा प्रारम्भिक अनुसन्धान गर्दै जाँदा फेसबुकमा साथी बनी बेलायतको लाहुरे हुँ, तिमीलाई माया गर्छु भनि बिश्वास दिलाई ठगी गर्ने कार्यमा संलग्न निज राईलाई असोज ११ गते पक्राउ गरी ठगी कसूरमा आवश्यक कारवाहीको लागी महानगरीय प्रहरी बृत बौद्धमा पठाईएको प्रहरीले जनाएको छ।


technologykhabarबाट साभार तल कमेन्टमा आफ्नो प्रत्रिकृया लेख्न नभुल्नु होला ।

हाम्रो फेसबुक पेज