७७ जनाको ज्यान बचाएका क्याप्टेनलाई बिमान बाहिर आउँदा यसरि गरियो विमानस्थलमै स्वागत । (भिडियो सहित)


काठमाडौ : काठमाडौंबाट विराटनगरका लागि उडेको बुद्ध एयरको जहाज ल्याण्ड हुन नसकेर पुनः काठमाडौं नै फर्किएको जहाज सकुशल ल्याण्ड भएको छ। दुई घण्टादेखि काठमाडौंको आकाशमा होल्ड भएको जहाज सकुशल ल्याण्ड भएको विमानस्थल कार्यालयले जनाएकाे छ।

जहाज विराटनगरमा ल्याण्ड हुन नसकेर काठमाडौं फर्किएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हाइअलर्ट गरिएको थियो। विमान फोर्स ल्याण्डका लागि एम्बु’लेन्स दम’कल विमानस्थलमा राखिएको थियो। ल्या’ण्डिङ गियर नखुलेका कारण विमानले आकाशमा लामो समय फन्को मा’रिरह्यो ।

विमानमा भएको इ’न्धन सकेर धावन’मार्गमा फम राखेर अवतरण गराउने योजना बन्यो । तर विमालाई निकै तल ल्याएर हेर्दा ल्या’ण्डिङ गियर पनि खुलेको देखिएपछि विमानको सहज अवतरण सम्भव भएको विमानस्थलका अधिकारीहरु बताउँछन् ।‘जहाजमा ल्या’ण्डिङ गेयरका लागि दुई वटा इन्डिके’टर रहेको हुन्छ ।

जस अनुसार प्राइ’मेरी इन्डि’केटरमा संकेत नदेखिएको तर सेकेण्डरी इण्डि’केटरमा सबै ठिकठाक रहेको देखियो । ‘सुरक्षामा शुन्य सहन’शिलता’ अनुसार क्याप्टेनले जहाज तुरुन्तै काठमाडौंमा फर्काउने निणर्य ग¥र्‍यो’, विज्ञप्तिमा अगाडि भनिएको छ, ‘काठमाडौं आकाशमा आइसकेपछि क्या’प्टेनले बुद्ध एयरको टेक्नि’कल टिमको रेडियो सम्पर्कमा ल्या’ण्डिङ गियर चेकजाँच गर्दा सही र झरेको जानकारी दियो ।

जस अनुसार अन्तर्राष्ट्रिय तथा नागरिक उड्डयन प्राधिकरणले जारी गरेको दिशा निर्देशिका अनुसार काठमाडौं विमानस्थलमा सुरक्षितसाथ जहाजलाई ‘नर्मल’ अतवरण गराइयो।’ काठमाडौं बाट विराटनगर उडेको जहाज कल साइन नाइन एन-एएनआई, उडान संख्या यु ४ ७०१ मा व’यष्क ६८ जना, बच्चा २ जना, इन्फ्या’ण्ट ३ जना गरि ७३ जना यात्रु रहेको बुद्ध एयरले जानकारी दिएको छ।

उक्त जहाज क्याप्टे’न एजी शेर्पाले उडाएका थिए। जहाजमा ७२ यात्रु सवार थिए। विमानस्थलमा यात्रुहरूको स्वास्थ्य जाँच गरिने र त्यसपछि अर्को जहाजमा विराटनगरमा पठाइने विमानस्थल कार्यालयले जनाएको छ। जहाजको ल्या’ण्डिङ गियरमा समस्या देखिनाथ जहाजलाई तत्कालै काठमाडौं फर्काएको बुद्ध एयरले जानकारी दिएको छ।

भिडियो !

तल कमेन्टमा आफ्नो प्रत्रिकृया लेख्न नभुल्नु होला ।

हाम्रो फेसबुक पेज