कोरियामा रहेका नेपालीहरुका लागि खुशीको खबर, कोरियाले जारी गर्यो भिजासम्बन्धी यस्तो नियम ।


सोउल : दक्षिण कोरियामा भिसा सम्बन्धी नयाँ नियम लागु हुने भएको छ। दक्षिण कोरियामा E7-4 भिषामा रहने विदेशी नागरिक हरुले निश्चित मापदण्ड पुरा गरेर F2-99 भिसामा आफ्नो भिसा परिवर्तन गर्न सकिनेगरी नियम लागु हुने भएको छ।

दक्षिण कोरियाको न्याय मन्त्रालयका अनुसार विगतमा E7-4 भिसा बहाक विदेशीहरुले F2-99लागु भिसा परिवर्तन गर्न नपाउनु भएतापनि यो नियम लागु भएसंगै कोरियामा रहने E7-4 बहाक विदेशी नागरिकहरुमा खुशियाली छाउने भएको छ।

E7-4 बाट F2-99 भिसा परिवर्तन गर्नको लागि निम्न मापदण्ड पूरा गरेको हुनुपर्नेछ ।

1. समय अबधि:

E-7-4 भिसा लिएको 5 बर्ष पूरा भएको हुनुपर्ने

2. तलब

GNI( कोरियाको प्रतिब्यक्ती आय ) को 1.5 गुणा बढी हुनुपर्ने ,जस्तै 2021,को भन्ने हो भने 5करोड 62 लाख भन्दा धेरै भएको

3. कोरियन भाषा

KIIP or TOPIK) level 4 पास गरेको वा त्यो भन्दा माथी

4. सम्पत्ती /बैंक ब्यालेन्स

बिबाहित हुनुहुन्छ भने तपाईको खातामा 3000 मान वन हुनुपर्नेछ । , तर अविवाहितको खण्डमा कम्तीमा पनि 1 करोड 50 लाख हुनैपर्छ ।यदि F2-99 भिषा परिवर्तन भयो भने , आफ्नो परिवारको पनि F2-99 हुन्छ . यदि त्यसो

भएको खण्डमा दुबैजनाले कानुनी रुपमै काम गर्न पाउनेछन ।2017 मा E7-4 बनाएका हरुको मापदण्ड पुगेको खण्डमा F2-99को लागि आवेदन गर्न सक्ने । पत्रकार महासघं दक्षिण काेरियाका महासचिव मिन विक को सहयोगमा तयार पारिएको सामाग्री ।

तल कमेन्टमा आफ्नो प्रत्रिकृया लेख्न नभुल्नु होला ।

हाम्रो फेसबुक पेज