यूएसबी टाइप-सीलाई स्ट्यान्डर्ड मान्ने ईयूको प्रस्ताव, हालसम्म कति प्रकारका मोबाइल चार्जर उपलब्ध छन्?


यूरोपियन यूनियनले हालै स्मार्टफोनका लागि एकै प्रकारको यूएसबी टाइप-सी केबल भएको चार्जरको प्रस्ताव गरेको छ।

ईयूले टाइप-सीलाई स्ट्यान्डर्ड मानेर एउटै विश्वव्यापी अर्थात् यूनिभर्सल चार्जरको नियमा लागू गर्ने प्रस्ताव गरेको हो।

यसबाट अलग अलग कम्पनीका मोबाइल प्रयोग गर्ने व्यक्ति वा घर परिवार प्रत्यक्ष लाभान्वित हुने देखिन्छ। यसबाहेक मोबाइल चार्ज गर्नका लागि उत्ति नै प्रकारका र परिमाणमा चार्जर राख्नुपर्ने बाध्यता पनि हट्ने बुझिएको छ।

यदि ईयूको यो प्रस्ताव पारित भएको खण्डमा आगामी केही महिनाभित्र विश्वभर नै एकै प्रकारको चार्जरबाट सबै फोन चार्ज हुने सुविधा आउन सक्छ।

तर हालसम्म बजारमा गइसकेका फरक फरक कम्पनीका फरक फरक डिसभाइका चार्जिङ पोर्ट र चार्जर अलग अलग नै हुने भएकाले ती डिभाइसहरुमा यो नियम लागू नहुन सक्छ।

तर यो नियम पारित भइसकेपछि निर्माण हुने स्मार्टफोनहरुमा भने एकरुपता आउन सक्ने अपेक्षा गरिएको छ।

तर पनि विश्वका थुप्रै देशमा थुप्रै प्रकारका निर्माताहरु भएकाले यसलाई विश्वव्यापी रुपमै कार्यन्वयन गर्न भने अझै थुप्रै समय लाग्न सक्ने आकलन गरिएको छ।

TK Viber

प्रकाशित: ११ आश्विन २०७८, सोमबार


technologykhabarबाट साभार तल कमेन्टमा आफ्नो प्रत्रिकृया लेख्न नभुल्नु होला ।

हाम्रो फेसबुक पेज