एप्पलले आईफोन १४ लाई पुरै नयाँ डिजाईनमा ल्याउने संभावना


एप्पलले आईफोन १४ लाई पुरै नयाँ डिजाईनमा ल्याउने संभावना

यहि सेप्टेम्बर १४ मा सार्वजनिक भएको आईफोन १३ भर्खर मात्र बजारमा पुग्दैछ। अझ नेपाली बजारमा कहिले आउँछ भन्ने थाहा छैन् तर अर्को आईफोनको चर्चा शुरु भईसकेको छ।

ब्लूमबर्गका मार्क गुर्मन आफ्नो पावर अन न्यूजलेटरको अर्को संस्करण लिएर फर्किएका छन्। यस पटक, गुर्मनले आईफोन १४ को बारेमा आएका चर्चाहरुलाई दोब्बर पारेको ९टू५म्याकले उल्लेख गरेको छ।

गुर्मन भन्छन्, ‘प्रयोगकर्ताहरुले आईफोन १४ को लागी “नयाँ इन्ट्री लेभल र प्रो मोडेल तथा एक पूर्ण रिडिजाइन” को अपेक्षा गर्न सक्छन् किनकि “यस बर्ष साना परिवर्तनहरुको मतलब यो हो कि एप्पलका ईन्जिनियरहरु पर्दा पछाडि ठूला कुराहरुमा धेरै समय लाग्ने गरी काम गरिरहेका थिए।”

एप्पल आईफोन १४ लाइन को लागी एक पूर्ण रि डिजाइन पेश गर्नसक्ने विषय यो पहिलो पटक हामीले सुनेको होईन् । एप्पलका विश्वसनीय विश्लेषक मिङ्ग ची कुओले पहिले नै भनेका छन् कि एप्पलले सन् २०२२बाट नोच छोड्नेछ । र यो हाई-एन्ड आईफोन १४ प्रोबाट शुरुवात गर्दैछ। कुओले एक “पंच होल डिजाइन” को रूपमा डिजाइन परिवर्तनको बारेमा बताए। यो हालको समयमा मा धेरै हाई एण्ड आईफोन रेण्डर्समा प्रयोग गरीएको जस्तै छ।

युट्युबर तथा लीकर जोन प्रोसरले पंच-होल डिजाइनको पुष्टि गरेका छन् । उनले आईफोन १४ प्रो म्याक्सको एक नोच बिनाको वास्तविक तस्वीरहरु देखेको दाबी गरेका छन्।

रिपोर्टकाअनुसार यसको लाइनअपको बारेमा कुरा गर्दा एप्पलले आईफोन मिनी हटाउने र एक नयाँ “आईफोन १४ म्याक्स” मा ध्यान केन्द्रित गर्ने चर्चा रहेका छन् । त्यसैले आईफोन १४ को लाइनअपमा एक नियमित आईफोन, एक म्याक्स मोडेल, र दुई प्रो संस्करणका मोडल हुनेछन्।

अन्डर डिस्प्ले टच आईडीको लागी, एप्पलले यस टेक्नोलोजीमा काम गरीरहेको मिंग ची कुओ रिपोर्ट गरे। तर यो २०२२ को आईफोन लाइनअपको समयमा नै तयार हुनेछ कि छैन भनेर अझै स्पष्ट छैन। उनले भर्खरै भनेअनुसार यो सन् २०२३ मा आउने आईफोनको एक फीचर हुनेछ, जबकि २०२४ मा एप्पलले अन्ततः एक फोल्डेबल डिभाइस प्रस्तुत गर्दछ।

फोल्डेबल आईफोनको बारेमा बोल्दै मार्क गुर्मन भन्छन्, ‘एप्पलले आफ्नै फोल्डेबल यन्त्रहरु विकास गर्दैछ जुन “केहि बर्षमा रिलीज हुन सक्छ।”

TK Viber

प्रकाशित: ११ आश्विन २०७८, सोमबार


technologykhabarबाट साभार तल कमेन्टमा आफ्नो प्रत्रिकृया लेख्न नभुल्नु होला ।

हाम्रो फेसबुक पेज