रोकिएका १३ हजार नेपाली विद्यार्थीलाई जापान पठाउने तयारी !


काठमाडौँ : जापानको प्रवेश आज्ञा (भिसा) पाएर पनि को’भिड–१९ का कारण जान रोकिएका विद्यार्थीले अध्ययनका लागि जान दिन कूट’नीतिक पहल गर्न प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले सरकारलाई निर्देशन दिएको छ ।

प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिकी सभापति जयपुरी घर्तीले आइतबार बसेको बैठकमा जापान जानबाट रोकिएका १३ हजार नेपाली विद्यार्थीलाई कूट’नीतिक पहल गरेर पठाउन सरकारलाई निर्देशन दिएकी हुन् ।

सीआई र भिसा पाएका १३ हजार विद्यार्थीहरूले पैसा बुझाएर पनि जापान जान पाएका छैनन् । को’भिड–१९ सङ्क्र’मण बढी रहँदा जापान सरकारले सन् २०२० अप्रि’लमा विद्यार्थीलाई प्रवेश गर्न रोकेको थियो ।

थप समाचार,
माल्दिभ्समा हुने साफ च्याम्पियनसीपमा नेपालबाट २३ सदस्यीय टिम सहभागी ।

काठमाडौं : आगामी अक्टोबर १ देखि १६ सम्म माल्दिभ्समा आयोजना हुन लागेको साफ च्याम्पि’यनसीप फुटबल प्रतियोगितामा २३ सदस्यीय टिम सहभागी हुने भएका छन् ।
आइतबार मुख्य प्रशिक्षक अ’ब्दुल्लाह अलमुताइरीले साफ

च्याम्पियनसीपका लागि २३ सदस्यीय टिम घो’षणा गरेका हुन् । हाल नेपाली राष्ट्रिय फुटबल टिम कतारमा रहेका छन् । उनीहरु बन्द प्रशिक्षणका लागि कतारमा छन् । आगामी माल्दिभ्समा हुने प्रतियोगितामा नेपाली टोली त्यतैबाट माल्दिभ्स प्रस्थान गर्नेछ ।

२३ सदस्यीय नेपाली टिमभित्र गोलरक्षकत्रय किरण चेम्जोङ, दीप कार्की र विशाल श्रेष्ठ रहेका छन् । यसैगरी टिममा आशिष लामा, अनन्त तामाङ, अन्जन विष्ट, आयुष घलान, विशाल राई, दिनेश राजवंशी, गौतम श्रेष्ठ, कमल थापा,

मनिष डाँगी, नवयुग श्रेष्ठ, नितिन थापा, पुजन उपरकोटी, रोहित चन्द, सन्तोष तामाङ, सुजल श्रेष्ठ, सुमन अर्याल, सुमन लामा, सुनिल बल, सुरजज्यु ठकुरी र तेज तामाङ रहेका छन् ।

तल कमेन्टमा आफ्नो प्रत्रिकृया लेख्न नभुल्नु होला ।

हाम्रो फेसबुक पेज