अब नासाका अन्तरिक्षयात्रीले उपकरणहरु मर्मत गर्न अग्मेन्टेड रियालिटीको प्रयोग गर्ने


अब नासाका अन्तरिक्षयात्रीले उपकरणहरु मर्मत गर्न अग्मेन्टेड रियालिटीको प्रयोग गर्ने

नासाले अन्तरिक्षयात्रीले पृथ्वीको नियन्त्रण बिनै अन्तरराष्ट्रिय अन्तरिक्ष स्टेशनमा रहेका उपकरणहरुको निगरानीका लागि अग्मेन्टेड रियालिटीको विकास गरिरहेको बुझिएको छ।

यसबाट आईएसएसमा रहेका सदस्य र टेक्ससमा रहेको नासा मिसन कन्ट्रोलबीचमा हुने सञ्चारको खाडल पुर्ने एजेन्सीको बुझाइ छ।

सञ्चारमा हुने ढिलाइ नगण्य हुने भए पनि यो निर्णयले अन्तरिक्षयात्रीलाई छिटो निर्णय लिनुपर्दा स्वायत्तता प्रदान गर्ने नासाको आकलन छ।

यसले मुख्य रुपमा चन्द्रमा र पछि मंगल यात्रासम्मका लागि फाइदाजनक हुने नासाले अपेक्षा गरेको छ।

सामान्यतया अन्तरिक्षयात्रीहरुलाई पृथ्वीबाट पीडीएफ फाइलमा निर्देशन पठाइन्छ र तिनीहरुलाई कम्प्युटर वा ट्याब्लेटमार्फत् पढिन्छ। तर काम गर्दा यस्ता ग्याजेट चलाउनुले उत्पादकत्वमा ह्रास ल्याउन सक्छन्।

नासाले एउटा ब्लग पोस्टमा टी२ अग्मेन्टेड रियालिटी परियोजनाले अन्तरिक्षयात्रीका चश्मामा यस्ता निर्देशन उपलब्ध गराउने र उनीहरुले साँच्चैको काम गर्ने साइट थ्री डी क्यूमार्फत् देख्न सक्नेछन्।

यसबाहेक यसले प्रक्रियाहरुलाई न्याभिगेट गर्न शाब्दिक निर्देशनहरु पनि पच्छ्याउन सक्छ। यसबाट कुनै पनि साइटको नीरिक्षण र मर्मत कार्यमा सहजता आउँछ।

अग्मेन्टेड रियालिटी अर्थात् एआर प्रविधिमा कस्टम गरेर बनाइएको एआर सफ्टवयरयुक्त माइक्रोसफ्टको होलोलेन्स प्रयोग हुन्छ।

TK Viber

प्रकाशित: १० आश्विन २०७८, आईतवार


technologykhabarबाट साभार तल कमेन्टमा आफ्नो प्रत्रिकृया लेख्न नभुल्नु होला ।

हाम्रो फेसबुक पेज