नेपाल र ओमानबीचको मैत्रीपूर्ण फुटबल खेल आज – Thulo Khabar


१० असोज, काठमाडौं । साफ च्याम्पियनसिपको तयारीका लागि हाल कतारमा बन्द प्रशिक्षणमा रहेको नेपाली राष्ट्रिय फुटबल टिमले आज ओमानसँग मैत्रीपूर्ण खेल खेल्दैछ ।

नेपाल र ओमानबीचको खेल कतारको दोहास्थित कतार युनिभर्सिटीको मैदानमा हुनेछ । खेल स्थानिय समय अनुसार बेलुका ७ बजे (नेपाली समय अनुसार राति ९:४५ बजे) सुरु हुनेछ ।

माल्दिभ्समा हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपालले ओमानसँग खेल्न लागेको हो । नेपाली टोली कतारबाटै सोमबार माल्दिभ्स जानेछ ।

नेपालले यसअघि घरेलु मैदानमा भारतसँग दुई मैत्रीपूर्ण खेल समेत खेलेको थियो ।

साफ च्याम्पियनसिपको १३औं संस्करण आगामी अक्टोबर १ देखि १६ (असोज १५ देखि ३० गते) सम्म माल्दिभ्समा आयोजना हुनेछ ।

नेपालले पहिलो दिनै आयोजक माल्दिभ्ससँग खेल्नेछ ।

यस पटक साफमा ५ टिम मात्र सहभागि छन् । सिंगल राउण्ड रोविन लिगपछि शीर्ष दुई टिमबीच अक्टोबर १६ (असोज ३०) मा फाइनल खेल हुनेछ ।

window.fbAsyncInit = function () { FB.init({ appId: '280041239029772', xfbml: true, version: 'v2.7' }); }; (function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) { return; } js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));
अनलाइनखबरबाट साभार तल कमेन्टमा आफ्नो प्रत्रिकृया लेख्न नभुल्नु होला ।

हाम्रो फेसबुक पेज