जीवन उपयोगी १७ प्रेरक भनाईहरु हेर्नु-होस ।


१. कुनै न कुनै दिन मैले अवसर पाउन सक्छु । त्यसैले अहिले मैले तयारी गरिरहेको छु । २. आज गर्न सकिने कुनै पनि काम भोलिको लागि साँचेर नबस । ३. म ढिलो हिंड्छु , तर कहिल्यै पनि पछाडी हिंड़दिन ।

४. कसैले पनि अरु व्यक्तिमा खराबी खोज्न थाल्छ भने उसले कुनै न कुनै खराबी भेट्छ नै । ५. मैले राम्रो गर्दा मलाई खुशी लाग्छ र मैले नराम्रो गर्दा म दुखी हुन्छु । मेरो लागि यही नै धर्म हो । ६. जसले अरु व्यक्तिलाई स्वतन्त्रता दिंदैन, उसलाई पनि स्वतन्त्र हुने हक रहँदैन ।

७. व्यक्ति कुन कुराले रिसाउँछ भन्ने आधारमा उसको बौद्धिक क्षमता र महानता थाहा हुन्छ । ८. मानिस आफ्नो दिमागी रुपले जति सकारात्मक र खुशी रहन्छ , जीवनमा पनि त्यति नै खुशी रहन सक्छ ।

९. यदि रुख काट्नको लागि मसंग आठ घण्टा हुन्छ भने, छ घण्टा मैले बन्चरोको धार तिखार्नमा लगाउँछु । १०. अन्तीम अवस्थामा तिम्रो जीवनका वर्षहरु गनिन्नन्, साँचो अर्थमा तिमी कती वर्ष बाँच्यौ, त्यो गनिन्छ ।

११. चरित्र रुख हो भने, प्रसिद्धि छायाँ हो । र, यसमा प्रमुख भनेको रुख हुन्छ । १२. तिमी जोसुकै होऊ, असल बन । १३. मैले मेरो शत्रुतालाई सिध्याएँ , जब म त्यो शत्रुको साथी बनें । १४. मलाई तिम्रो असफलता देखि सरोकार छैन तिमी त्यो असफलताबाट कसरि उठ्यौ, मेरो लागि त्यो सबथोक हो ।

१५. हामीले आफू कहाँ छौं भन्ने चिन्न सक्यौं भने मात्र , के गर्ने र कसरि गर्ने भन्ने पत्ता लगाउन सक्छौं । १६. अगाडी बढ्नको लागि मसंग कुनै नियम छैन । मात्र, हरेक दिन म अझ राम्रो गर्न चाहन्छु, अझ राम्रो मान्छे बन्न चाहन्छु । १७. मलाई थाहा छैन मेरा हजुरबुवा को थिए, म मेरो नाती के हुनेछ भन्नेमा बढी केन्द्रित छु ।

तल कमेन्टमा आफ्नो प्रत्रिकृया लेख्न नभुल्नु होला ।

हाम्रो फेसबुक पेज