एउटा आईफोनको मूल्य २९ लाख रुपैयाँ, के छन् विशेषता?


एउटा आईफोनको मूल्य २९ लाख रुपैयाँ, के छन् विशेषता?

आईफोनका नयाँ मोडलहरुको मूल्य सामान्य हिसाबले पनि महँगो नै पर्न जान्छ। तर एउटा आईफोनको २९ लाख रुपैयाँ हाराहरी पर्छ भन्ने सुन्दा अनोठो लाग्न सक्छ। तर यो यथार्थ नै हो।

हालै क्याभियर ब्रान्डले आईफोन १३ का दुई मोडल लाई कस्टम मोडलको रुपमा प्रस्तुत गर्दा तिनीहरुको मूल्य लाख ७० हजार देखि २९ लाख रुपैयाँसम्म पर्ने भएको हो।

क्याभियरले कस्टम गरेका दुई मोडल आईफोन १३ प्रो तथा आईफोन १३ प्रो म्याक्स हुन्। कम्पनीले यी दुई स्मार्टफोनको डिज़ाइन रोलेक्स घडीका थुप्रै डिजाइनबाट प्रेरित भएर गरेको बुझिएको छ।

क्याभियरले आईफोन १३ प्रो तथा आईफोन १३ प्रो म्याक्सका जम्मा पाँच मोडल सार्वजनिक गरेको छ। यी मोडलहरुका मूल्य ७ लाख ७० बाट शुरु भएर २९ लाख नेपाली रुपैयासम्म पर्ने भएका छन्।

क्याभियरले आईफोन १३ प्रो तथा आईफोन १३ प्रो म्याक्सका जम्मा पाँच मोडल सार्वजनिक गरेको छ। यी मोडलहरुका मूल्य ७ लाख ७० बाट शुरु भएर २९ लाख नेपाली रुपैयासम्म पर्ने भएका छन्।

यी पाँच मोडलमध्ये सबैभन्दा महंगो मोडल आईफोन १३ प्रो हो। यसलाई कम्पनीले रोलेक्सको चर्चित मोडल केलिनी कलेक्शनमा आधारित भएर तयार पारेको छ।

यसको माथिल्लो भागमा व्हाइट गोल्डको प्रयोग गरिएको छ भने तल्लो भागमा गोहीको छाला प्रयोग गरिएको बताइएको छ।

यसको मोडिफाइड मोडलको फ्रेममा पनि १८ कयारेटको रोज गोल्ड लगाइएको छ।

अर्को मोडल रोलेक्सको कस्मोग्राफ डेटोना कलेक्शनमा आधारित छ। यसको माथिल्लो भागमा उल्का पिन्ड तथा तल्लो भागमा कार्बन फाइबर र डायगोनल वेब को प्रयोग गरेको छ।

तेस्रो मोडल रोलेक्सको स्काई ड्वेलर सिरिजमा आधारित भएर बनाइएको छ। माथिपट्टि हाई इम्प्याक्ट टाइटानियम तथा ब्ल्याक पीभीडी कोटिङ लगाइएको छ।

त्यस्तै चाैथोमा रोलेक्सको डेटजस्ट कलेक्शनमा तथा पाँचाैं मोडल रोलेक्सको  याचमास्टर मोडलमा आधारित भएर बनाइएको छ।

TK Viber

प्रकाशित: ९ आश्विन २०७८, शनिबार


technologykhabarबाट साभार तल कमेन्टमा आफ्नो प्रत्रिकृया लेख्न नभुल्नु होला ।

हाम्रो फेसबुक पेज