टेस्लाको ब्याट्री उत्पादन गर्ने मेगाफ्याक्ट्रीको क्यालिफोर्नियामा शिलान्यास


टेस्लाको ब्याट्री उत्पादन गर्ने मेगाफ्याक्ट्रीको क्यालिफोर्नियामा शिलान्यास

टेस्लाले आफ्नो “मेगाफ्याक्ट्री” नामक एक नयाँ उत्पादन सुविधा अमेरिकाको क्यालिफोर्नियामा शिलन्यास गरेको छ। यसले कम्पनीको ठूलो मात्रामा ब्याट्री प्रणाली मेगाप्याक उत्पादन गर्ने हुँदा यसलाई मेगाफ्याक्ट्री नाम दिईएको टेकक्रन्चले उल्लेख गरेको छ।

सबैभन्दा पहिले अघोषित कारखानाको खबर लाथ्रोप मेयर सोनी धालीवालद्वारा एक फेसबुक पोस्टमा पुष्टि गरीएको थियो तर पछि मेटाईयो र पुनः पोस्ट गरीयो। “हामी मेगाफ्याक्ट्रीको घर भएकोमा गर्व गर्दछौं, टेस्लाको सबैभन्दा पछिल्लो विस्तार यहाँ छ,” उनले भने। “हरित ऊर्जाको भविष्य हाम्रो समुदायमा यहीँ उत्पादन गरिनेछ।”

कारखाना, सानो उत्तरी क्यालिफोर्नियाको शहर लाथ्रोपमा हुनेछ जुन फ्रेमोन्टमा टेस्लाको अटोमोटिभ संयन्त्रको नजिकै छ। लाथ्रोप टेस्लाको ८ लाख ७०,००० वर्ग फुट भएको वितरण केन्द्रको घर पनि हो।

मेगाप्याक्स, साथसाथै टेस्लाको अन्य ऊर्जा भण्डारण उत्पादनहरु, इलेक्ट्रिक अटोमेकरको “गिगाफ्याक्टरी” स्पार्क्स, नेभाडामा निर्माण गरीरहेको थियो। यो मेगाप्याकको लागी समर्पित पहिलो सुविधा हो, यद्यपि यो स्पष्ट छैन कि टेस्लाको अन्य स्टोरेज उत्पादहरुको उत्पादन – जसमा पावरवाल र पावरप्याक्स शामिल छ – नयाँ कारखानामा गरिनेछ।

नयाँ कारखाना अटोमेकरको बढ्दो ऊर्जा विभागको लागी एक सकारात्मक संकेत हो।एजेन्सीका साथ

TK Viber

प्रकाशित: ९ आश्विन २०७८, शनिबार


technologykhabarबाट साभार तल कमेन्टमा आफ्नो प्रत्रिकृया लेख्न नभुल्नु होला ।

हाम्रो फेसबुक पेज