इपीएल क्रिकेट आजदेखि, उद्घाटन खेलमा सन्दीपको काठमाडौं र कुशलको ललितपुर भिड्दै


काठमाडौँ, असोज ९–

नेपालकै सर्वाधिक ठूलो घरेलु प्रतियोगिता बजाज पल्सर एभरेष्ट प्रिमियर लिग (इपीएल) क्रिकेट प्रतियोगिता आज (शनिबार)देखि सुरु हुँदैछ ।
कीर्तिपुरस्थित टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा प्रतियोगिता सुरु हुन लागेको हो ।

उद्घाटन खेलमा साविक विजेता ललितपुर प्याट्रियट्स र काठमाडौं किंग्स ११ बीच प्रतिस्पर्धा हुँदैछ । खेल दिउँसो १२ः१५ बजेदेखि सुरु हुनेछ । ललितपुरको कप्तानी युवा ओपनर व्याट्सम्यान कुशल भुर्तेलले गर्दैछन् भने काठमाडौंको कप्तानी ग्लोबल स्टार सन्दीप लामिछानेले गर्दैछन् । सन्दीपको टिमबाट विश्व स्टार शाहिद अफ्रिदि मैदानमा उत्रिदैछन् ।

चौथो संस्करणको इपीएल यसपटक भव्य हुँदैछ । विश्वका १५५ देशमा इपीएल प्रत्यक्ष रुपमा हेर्न मिल्ने व्यवस्था मिलाईएको छ । नेपालमा हिमालय टिभीबाट प्रत्यक्ष प्रशारण हुनेछ भने भारतमा वान स्पोर्टस् र अष्ट्रेलियामा फक्स क्रिकेटले प्रत्यक्ष प्रशारण गर्नेछ । अन्य देशहरुमा विभिन्न एपमार्फत प्रत्यक्ष हेर्न सकिने छ ।

प्रतियोगितामा विश्व स्टार शाहिद अफ्रिदिलगायतका चर्चित विदेशी खेलाडीहरु मैदानमा उत्रिदैछन् ।

प्रतियोगितामा चितवन टाइगर्स, काठमाडौं किंग्स ११, ललितपुर प्याट्रियट्स, भैरहवा ग्लाडियटर्स, पोखरा राइनोज र विराटनगर वारियर्स प्रतिस्र्धा गर्दैछन् । यी सबै टिमले चार जना विदेशी खेलाडी अनुबन्ध गरि सकेका छन् । प्रतियोगिताको फाइनल असोज २३ गते हुनेछ ।

<!---->

नारायणीअनलाइनबाट साभार

हाम्रो फेसबुक पेज