प्रचण्ड भन्नुहुन्छ : करोडौँ भ्रष्टा’चार गरेर दिउँसै रात पार्नेहरूलाई ठिक पार्नुपर्छ ।


काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जाली झेली फटा’हाविरु’द्ध आ’क्रामक बन्न र जनताको पक्षमा काम गर्न नेता कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् ।

​वाइसीएल काभ्रेको पाँचखाल नगर सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले वाइसीएललाई जाग्न र २०६४ सालको अवस्थामा सक्रिय हुन निर्देशन दिएका हुन् । उनले माओवादीलाई तर्सा’उन खोजिरहेको भन्दै कायर र दलालहरूलाई वाइसीएल जागेर ठिक पार्नुपर्ने अवस्था आएको बताए ।

उनले भने, ‘जाइलाग्ने होइन, आइलागे पनि इँटको जवाफ पत्थरले दिने ।‘अबको चु’नाव २०६४ को जस्तो बनाउनै पर्छ । जालझेल गर्ने र बाकस साट्नेहरूलाई भ्या’कुर लखेटेझैँ लखे’ट्नुपर्छ । सोझो हुँदै जाँदा हेपियो । गु’ण्डा र भ्र’ष्टहरुलाई ठोक्ने । करोडौँ भ्रष्टा’चार गरेर दिउँसै रात पार्नेहरूलाई ठिक पार्नुपर्छ र जनताको सेवा गर्नुपर्छ’, प्रचण्डको भनाइ छ ।

थप समाचार
मंसिरमा महाधिवेशन नहुन सक्छ – गगन थापा !

काठमाडौं : नेपाली कांग्रेसका नेता गगन थापाले महाधिवेशनको कार्यतालिका पुनः परिवर्तन गरिएकोप्रति असन्तुष्टि व्यक्त गरेका छन्। बुधबारको पार्टी निर्णयले महाधिवेशन मंसिरमा हुनेमा आशंका थपिएको उनले बताए।

कार्यतालिका परिवर्तनका सन्दर्भमा केन्द्रीय समितिको बैठक नै नबसी निर्णय गरिएको प्रति उनले आप’त्ति जनाए। बुधबार बसेको नेताहरुको बैठकले वडा अधिवेशन सकिएका जिल्लामा असोज ९ मा गाउँ नगर अधिवेशन गर्ने निर्णय गरेको थियो।

बुधबारको बैठकले १३ जिल्लाको सन्दर्भमा ठोस निर्णय लिन सकेको थिएन। तीन सदस्यीय कार्यदलले नामावली प्रकाशित गरेपछि निर्वाचन समितिलाई आफ्नो तजविजमा नयाँ मिति तोक्ने अधिकार दिइएको छ।

‘एउटाले सारौं र अर्कोले त्यसलाई हुन्छ–हुन्छ भन्ने अवस्था बन्यो। यसरी त उहाँहरुले मंसिरमा जाडो होला। फागुनमा गरौं भन्नुहोला,’ थापाले हिजोको बैठकप्रति अस’न्तुष्टि राख्दै संसद भवनअघि पत्रकारसँग भने,‘संविधानले दिएको हदम्याद सकिएपछि सार्दै जान झनै सजिलो भएको छ।

जति तन्काइ दिए पनि भयो। कसैले जवाफ नदिए पनि भयो। मंसिरमा महाधिवेशन हुन्छ भनेर कार्यकर्तालाई ढुक्कसाथ भन्न मैले सक्ने अवस्था अब छैन। हिजोबाट महाधिवेशन मंसिरमा हुने भन्ने विश्वास तोडिएको पनि थापाले टिप्पणी गरे।-दैनिक न्युज नेपाल

तल कमेन्टमा आफ्नो प्रत्रिकृया लेख्न नभुल्नु होला ।

हाम्रो फेसबुक पेज