गुगलको एन्ड्रोइड अटोमोटिभ ओएस अब होन्डाका गाडीहरुमा आउने


गुगलको एन्ड्रोइड अटोमोटिभ ओएस अब होन्डाका गाडीहरुमा आउने

गुगलको एन्ड्रोइड अटोमा नयाँ फिचरहरु जोडिएको छ, र कम्पनीको अटोमोटिभ ओएस सहित धेरै कारहरुको लागी आउनेछ। अब यो अपरेटिङ्ग सिस्टम, पहिलो पटक होन्डाका गाडीहरुमा सन् २०२२ पछि जोडिने भएको इन्ग्याजेटले उल्लेख गरेको छ।

गुगलले सन् २०१५ मा आफ्नो एन्ड्रोइड अटो एप पेश गरेको थियो, जसले ड्राइभरहरुलाई उनीहरुको स्मार्टफोन र उनीहरुको सवारी साधनको स्टेरियो सिस्टमको बीचमा एक टूलसँगै संगीत बजाउनको लागी सक्षम बनायो । जसका साथमा नक्शाले पटक पटक दिने दिशा निर्देशनहरुलाई ठूलो स्वरमा पढ्नको लागी र आवाजको माध्यमबाट कल लिन सकिने प्रणाली  थियो।

छ बर्ष पछि, दुबै एन्ड्रोइड अटो र इन्फोटेनमेन्ट सिस्टम उनीहरुमा संचालित हुँदै धेरै स्मार्ट भईसकेको छ। चाहे ड्राइभरहरु आफ्नो फोनमा एन्ड्रोइड अटो चलाउन वा सीधै आफ्नो कारहरुको माध्यमबाट चलाउनउनीहरुलाई अझ धेरै सुविधाहरु र क्षमताहरु रोल आउट गरीरहेको बिहीबार गुगलले घोषणा गर्यो ।

जबकि एन्ड्रोइड अटो सडकमा चालकको ध्यानभंग गर्ने कार्यलाई कम गर्नको लागी डिजाइन गरीएको छ। सुरुमा इन्फोटेनमेन्ट वा स्टेरियो प्रणालीमा फोनलाई जोड्नु एक पूरा कुरा भएको थियो। तर गुगलले पटक पटक यसलाई रिडिजाइन गरेको छ र नयाँ फिचरहरु राखिरहेको छ । अहिले त पोडकास्ट सुन्न, अमेजन म्यूजिक सुन्नका साथसाथै युट्युबका हेर्न वा सिस्टम हेर्न समेत सुबिधा रहेको छ ।

नयाँ सुविधाहरु अंग्रेजी बोल्ने बजारका साथसाथै जर्मनी, स्पेन, मेक्सिको, फ्रान्स र इटालीमा आगामी केहि हप्ताहरुमा आउने अपेक्षा छ।

गुगलले बिहीबार घोषणा गर्‍यो कि उसको नयाँ पार्टनर होन्डा हो, जसले २०२२ को मोडेल ईयरमा निर्मित एन्ड्रोइड अटोमोटिभ ओएसको साथमा सवारी साधन उत्पादन गर्न थाल्नेछ । र साथसाथै चाँडै नै चेभी सिल्भेराडो र रेनो मेगेन ई-टेकमा पनि उपलब्ध हुनेछ।

TK Viber

प्रकाशित: ८ आश्विन २०७८, शुक्रबार


technologykhabarबाट साभार तल कमेन्टमा आफ्नो प्रत्रिकृया लेख्न नभुल्नु होला ।

हाम्रो फेसबुक पेज