अष्ट्रेलियाको न्यूसाउथवेल्सको समुद्री किनारामा शार्कको निगरानीका लागि थप ड्रोनहरु राखिने


अष्ट्रेलियाको न्यूसाउथवेल्सको समुद्री किनारामा शार्कको निगरानीका लागि थप ड्रोनहरु राखिने

अस्ट्रेलियाको न्यूसाउथवेल्स सरकारले शार्क व्यवस्थापन कार्यक्रमका लागि २ करोड १४ लाख अस्ट्रेलियन डलर खर्च गर्ने योजना सार्वजनिक गरेको छ।

शार्कको हमलाबाट सुरक्षा तथा राज्यका समुद्री किनाराको जीवनयापनको संरक्षणका लागि गत वर्ष शुरु गरिएको यो कार्यक्रमका लागि शुरुमा ८० लाख डलर छुट्याइएको थियो।

विश्वकै सबैभन्दा ठूलो शार्क व्यवस्थापन साधन तथा प्रविधि प्रयोग गरिएको भनेर चिनिएको यो परियोजनाका बारेमा डेप्युटी प्रिमियर जोन ब्यारिल्यारोले थपिएको बजेटले शार्क आएको थाहा पाउने र सूचना दिने अझ बढी ड्रोन, स्मार्टका नामले चिनिने शार्क-अलर्ट इन रियल टाइम ड्रमलाइनहरु तथा भीआर४जी श्रवण केन्द्रहरुमार्फत् समुद्री किनारालाई अनुगमन र निगरानी गर्न सहज बनाउने बताए।

थप बजेटले प्रत्येक कोस्टल काउन्सिल क्षेत्रमा १७० स्मार्ट ड्रमलाइन परिचालन गरिने, ५० ‌ओटा समुद्री किनारामा शार्क आएको देख् सक्ने ड्रोन पठाइने तथा भीआर४जी शार्कको आवाज सुन्न सक्ने स्टेशन थपेर ३७ ओटा पुर्याइने बुझिएको छ।

यसअघि ३४ किनारामा ड्रोन परिचालन हुने, उच्च जोखिमयुक्त मानिएका क्षेत्रमा ३५ स्मार्ट ड्रमलाइन राखिने तथा २१ ओटा भीआर४जी श्रवण केन्द्र सञ्चालनमा रहेका थिए।

TK Viber

प्रकाशित: ४ आश्विन २०७८, सोमबार


technologykhabarबाट साभार तल कमेन्टमा आफ्नो प्रत्रिकृया लेख्न नभुल्नु होला ।

हाम्रो फेसबुक पेज