सिंगापुरले माग्यो ६ वर्षपछि नेपाली कामदार खर्च ५० हजार, तलब दुई लाख सम्म !


सिंगापुर : ६ वर्षपछि फेरि नेपाली कामदार मागेको छ । सन् २०१३ को अगस्टपछि संस्थागत रुपमा रोजगारीका लागि सिंगापुरले नेपाली कामदार लगेको थिएन ।

त्यतिबेला एलन इन्टरनेशनल म्यानपावर कम्पनीमार्फत् ९ नेपाली रोजगारीका लागि सिंगापुर गएका थिए । उनीहरू सिंगापुरको युनिभर्सल मारिटाइम सोलुशन कम्पनीमा गएका थिए । त्यसयता व्यक्तिगत रुपमा श्रम स्वीकृति लिएर नेपाली कामदार सिंगापुर गए पनि संस्थागत रुपमा ब’न्द जस्तै भएको थियो ।

सिंगापुर नेपाली कामदारका लागि आकर्षक गन्तव्य भएपनि माग आउन नसक्दा त्यसको फाइदा नेपालले लिन सकेको छैन । व्यक्तिगत रुपमा भने चालु आर्थिक वर्षभित्रै ४८ नेपाली रोजगारीका लागि सिंगापुर पुगेका छन् । यसवर्ष सिंगापुर जानेमा ३ महिला र ४५ पुरु’ष छन् । यसपटक हाउस किपिङका लागि दुईसय नेपालीको माग आएको हो ।

सिंगापुर जाने श्रमिकसँग अधिकतम ५० हजार रुपैयाँ सेवाशुल्क लिन पाउने श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले निर्णय गरेको छ । सिंगापुरबाट नेपाली कामदारको माग आएपछि वैदेशिक रोजगार विभागले सेवा शु’ल्क निर्धारण गर्न श्र’म मन्त्रालयमा पत्र पठाएको थियो ।

श्र’म मन्त्रालयले बढीमा ५० हजार रुपैयाँ लिन पाउने निर्णय गरेको हो । म्यानपावर कम्पनीले त्यहाँ जाने श्रमिकले २ हजार ३ सय सिंगापुर डलर (एक लाख ८६ हजार रुपैयाँ) तलब पाउने गरी फाइल पेश गरेको छ। वैदेशिक रोजगार विभागको ताहाचल कार्यालयले चार दिनअघि कन्टिनेन्टल ह्युमन रिसोर्स प्रालिलाई एक सय जनाको पूर्वस्वीकृति दिएको छ ।

कार्यालयका निर्देशक सुरेश जोशीले म्यानपावर कम्पनीले दुई महिना पहिले नै पूर्वस्वीकृतिका लागि फाइल पेश गरेको भए पनि सेवाशुल्क लगायतका विषय टुं’गो लगाउँदा ढिला भएको बताए ।

विभागले पहिलो चरणमा एक सय कामदारका लागि स्वीकृति दिएको छ । एकैपटक सबै कामदार पठाउन स्वीकृति दिँदा भोलि त्यहाँ पुगिसकेपछि सम’स्या भोग्नुपर्ने हो कि भनेर पहिलो चरणमा आधालाई मात्रै स्वीकृति प्रदान गरिएको निर्देशक जोशीले बताए !

तल कमेन्टमा आफ्नो प्रत्रिकृया लेख्न नभुल्नु होला ।

हाम्रो फेसबुक पेज