ओखलढुङ्गामा प्रहरीलाई टिकटक लगायत मनोरञ्जन एप चलाउन रोक


ओखलढुङ्गामा प्रहरीलाई टिकटक लगायत मनोरञ्जन एप चलाउन रोक

जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले प्रहरीलाई टिकटक लगायत मनोरञ्जनका एप चलाउन नपाउने गरेको छ ।

सामाजिक रूपमा उत्तरदायी बनेर समाजमा सकारात्मक सन्देश प्रवाह गर्न ध्यान दिनुपर्ने भन्दै जिल्ला प्रहरी कार्यालयले जिल्लामा कार्यरत सबै प्रहरीलाई टिकटकलगायतका मनोरञ्जनमा व्यस्त नहुन निर्देशन दिएको बताइएको छ ।

प्रहरी कर्मचारी ड्युटीमा रहेका बेला सामाजिक सञ्जालमा व्यस्त हुन नहुने, अन्य समयमा पनि प्रहरीले समाजमा सकारात्मक सन्देश दिने र सामाजिक हितका सामग्री पोष्ट गर्नुपर्ने जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक गोविन्दराज काफ्लेले बताए।

जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गा तथा मातहतका प्रहरी इकाइमा कार्यरत ४५ जना प्रहरी कर्मचारीलाई प्रहरीले पालना गर्नुपर्ने आचारसंहिता र सामाजिक सञ्जाल प्रयोगसम्बन्धी सचेत समेत गराइएको जिल्ला प्रहरी प्रमुख काफ्लेको भनाइ छ ।

देशका कतिपय ठाउँमा प्रहरी कर्मचारीले पोशाक वा हतियारको गलत प्रयोग गरेर टिकटक बनाएको पाइएकाले त्यस्ता गतिविधि प्रहरी आचारसंहिता विपरीत रहेकोले जिल्लामा यस्ताखाले एप प्रहरी कर्मचारीका लागि बन्द गरिएको उनको भनाइ छ ।

गोरखापत्रबाट

TK Viber

प्रकाशित: १ आश्विन २०७८, शुक्रबार


technologykhabarबाट साभार तल कमेन्टमा आफ्नो प्रत्रिकृया लेख्न नभुल्नु होला ।

हाम्रो फेसबुक पेज