विप्लव भन्नुहुन्छ : एमसीसी जनताले होइन, देशका द’लालले नबुझेका हुन् ।


काठमाडौं : नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवले मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) सम्झौता राष्ट्रघा’ती भएको बताएका छन्।

एमसीसीवि’रुद्ध खुला मञ्चमा सोमबार आयोजित वि’रोध सभालाई सम्बोधन गर्दै उनले सम्झौ’ता पढेरै बुझेर वि’रोधमा उ’त्रिएको बताए। विप्लवले एमसीसी सम्झौ’तामा दलहरूले कुरै नबुझेको, दलहरू अबुझ हुँदा गाह्रो भएको भन्ने

प्रधानमन्त्री शेरबहादुर देउवाको अभि’व्यक्तिमा आपत्ति जनाए। ‘प्रधानमन्त्री देउवालेसमेत कुरै बुझेको छैन भनेछन्। पढेर त मान्छेले भनिराखेको छ। त्यसै भन्छ?,’ विप्लवले प्रश्न गरे, ‘यहाँ प्रधानमन्त्री निवासको जमिन बेचेर खाने मान्छेले के भन्छ भन्दा तपाईले बुझ्नु भाछ छैन।

वैदेशिक रोजगारीमा नेपाली ठग्नेले भन्छ, तपाईंहरूले बुझेको छैन।’ नेता विप्लवले जसले वास्तविक बुझेको छ उसले विरु’द्धमा बोलेको पनि तर्क गरे। ‘जसले बुझेर बाकस मात्रै देखेको छ, डलर मात्रै देखेको छ ।

उसले बुझ’पचाएको छ,’ उनले भने, ‘कुरा जनताले होइन देशका द’लालले नबुझेका हुन्। नेपालभन्दा एमसीसीमा बढी तलब पाउँदा सचिवको आँखा ब’न्द भएको हो। उनले जनताले कुरा बुझेको होइन भन्छ। यहाँको सरकारभन्दा राम्रो डल’र दिएपछि मान्छेहरू गुण’गान गाइरहेका छन्।’

तल कमेन्टमा आफ्नो प्रत्रिकृया लेख्न नभुल्नु होला ।

हाम्रो फेसबुक पेज