इन्टरनेट सेवा शुल्क बढाउन प्रस्ताव गर्नुको यस्तो छ आइस्पानले दिएको कारण


इन्टरनेट सेवा शुल्क बढाउन प्रस्ताव गर्नुको यस्तो छ आइस्पानले दिएको कारण

इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान) ले बिहिबार नेपाल दूरसञ्चार प्राधिकरणमा निवेदन दर्ता गराउँदै इन्टरनेट सेवाको नयाँ दर स्वीकृत गरिदिन माग गरेको छ । हालको ग्राहक सेवा शुल्कमा नयाँ शुल्क थप गर्न माग गर्दै शहरी क्षेत्रमा १५० रुपैयाँ र ग्रामीण क्षेत्रमा ३०० रुपैयाँ शुल्क बढाउन माग गरेको हो।

इन्टरनेट सेवा प्रदायकहरुको छाता संगठनले दर्ता गरेको निवेदनमा शुल्क बढाउनुको कारण समेत खुलाएकोछ ।

जसमा नेपालमा सस्तो इन्टरनेट सेवा उपलब्ध गराउनुमा निजी क्षेत्रका सेवा प्रदायकहरुको समेत योगदान रहेको स्मरण गराईएको छ ।

निवेदनमा सस्तो मूल्यमा इन्टरनेट सेवा प्रवाह भईरहेको कारणमा आइस्पानले हालको सस्तो विद्युतको पोल भाडा तथा ओपिजीडब्लू आधारलाई लिएको छ।

तर हाल नेपाल विद्युत प्राधिकरणले आफ्नो पोल तथा ओपिजीडब्लूको भाडादर ७ गुणसम्म बढाएको र त्यसले लागत महंगो पर्न जाने ठहर आइस्पानको छ ।
सो मूल्यवृद्धि डिजिटल नेपालको अवधारणा विपरित भएको उल्लेख गर्दै यसको असर सेवा शुल्कमा पर्ने जानकारी गराएको छ।

प्राधिकरणले हालै प्रकाशित गरेको सूचनालाई आधार मानेर नै नयाँ भाडा दर प्रस्ताव गरिएको जनाएको छ ।

“प्रकाशित सूचना पश्चात हामी निजी क्षेत्रका इन्टरनेट सेवा प्रदायकहरुलाई विद्युत प्राधिकरणले इन्टरनेट प्याकेजको मूल्य वृद्धि गर्नु बाहेक अन्य कुनैपनि विकल्प बाँकी नराखेको हुनाले फलस्वरुप इन्टरनेट सेवा प्रदायकहरुका शहरी क्षेत्रका प्रत्येक प्योजमा १५० रुपैयाँ र ग्रामिण क्षेत्रका प्रत्येक इन्टरनेट प्रयोकजमा ३०० रुपैयाँले वृद्धि गर्नुपर्ने देखिएकोले उक्त प्याकेजहरुको नयाँ रेटलाई स्वीकृत गरिदिनुहुन्,” सो निवेदनमा लेखिएको छ।

विद्युत प्राधिकरणले २९ गते सार्वजनिक सूचना प्रकाशित गरेर सम्झौता नभएका सेवा प्रदायकहरुको आगामी असोज १५ गतेदेखि केबुल नेटवर्क तथा इन्टरनेटको तार काटिदिने चेतावनी दिएको छ।

केबुल टिभी र इन्टरनेट सेवाको तार असोज १५ देखि हटाईदिने विद्युत प्राधिकरणको चेतावनी

जसमा नयाँ दररेटअनुसार पोल भाडा तिर्न भनिएको छ भने सो अनुसार नभएमा तार तथा उपकरणहरु हटाईदिने भनेको छ ।

यो पनि हेर्नुस्-

इन्टरनेट सेवाको शुल्क ३०० रुपैयाँसम्म बढाउने सेवा प्रदायकहरुको प्रस्ताव

TK Viber

प्रकाशित: ३१ भाद्र २०७८, बिहीबार


technologykhabarबाट साभार तल कमेन्टमा आफ्नो प्रत्रिकृया लेख्न नभुल्नु होला ।

हाम्रो फेसबुक पेज