“केयर गिभर” का लागि इजरायल जान लिइएको भाषा परीक्षामा २ हजार ३९ जना उत्तीर्ण !


काठमाडौ : केयर गिभर’का लागि इजरायल जान लिइएको भाषा परीक्षामा २ हजार ३९ जना उत्तीर्ण भएका छन् । कुल ६ हजार ३ सय १७ जनाले लिखित परीक्षा दिएकामा सो संख्यामा उत्तीर्ण भएका हुन् ।

उत्तीर्ण हुनेमा १ हजार ३ सय ९५ जना महिना र ६ सय ४४ जना पुरुष रहेका छन् । उत्तीर्ण भएकाको उचाई तौल तथा अन्तरवार्ता भदौ १ देखि ९ गतेसम्म हुने वैदेशिक रोजगार विभागले जानकारी दिएको छ ।

उक्त मितिमा हुने अन्तवार्ता बिहान ८ देखि दिउँसो २ बजेसम्म हुने विभागले बताएको छ । अन्तवार्ता व्यवसायीक सिप विकास तालिम प्रतिष्ठान भैँसेपाटीम हुने विभागले जानकारी दिएको छ ।

थप समाचार,
इन्टर्नसीपको माग गर्दै चीनमा एमबीबीएस गरेका विद्यार्थीहरुद्वारा बि’रोध प्रदर्शन।

काठमाडौं : चीनबाट एमबीबीएस उतीर्ण गरेकाहरुले आज पनि नेपालमा इन्टर्न’सीप गर्न पाउनु पर्ने माग गर्दै काठमाडौंमा बि’रोध प्रदर्शन गरेका छन् । नेपाल मेडिकल काउन्सिलको इन्टर्नसीप नियम स्पष्ट नहुँदा आफूहरुले नेपालमा इन्टर्नसीप गर्न नपाएको भन्दै उनीहरुले विहीबार काठमाडौंको माइतिघरमा बिरो’ध प्रदर्शन गरेका हुन् ।

आफूहरु नेपाल मेडिकल काउन्सिल र चिकित्सा शिक्षा आयोगले केही दिनमा इन्टर्नसीप सुरु हुने आश्वासन पटक–पटक पाएपनि इन्टर्नसीप गर्न नपाएको उनीहरुको भनाइ छ ।

कोरोनाका कारण चीनमा इन्टर्नसीप गर्न जान नपाएको भन्दै नेपालमा नै इन्टर्नसीप गर्न पाउनु पर्ने उनीहरुको माग छ ।
मेडिकल काउन्सिलको इन्ट’र्नसीप नियममा विद्यार्थीले आफू पढेको संस्था र नेपाल मेडिकल काउन्सिलको पूर्व स्वीकृति

लिएर मात्र नेपाल भित्रका संस्थामा इन्ट’र्नसीप गर्न पाउने र यसप्रकारको इन्ट’र्नसीप नेपाल मेडिकल काउन्सिलको नियम भित्र रहेर गर्नुपर्ने व्यव’स्था छ । उक्त व्यवस्था स्पष्ट नहुँदा आफूहरुलाई इन्ट’र्नसीप गर्न रोकिएको बिद्याथीले आरो’प लगाएका छन् ।

तल कमेन्टमा आफ्नो प्रत्रिकृया लेख्न नभुल्नु होला ।

हाम्रो फेसबुक पेज