चीनलाई चुनौती दिन अमेरिका, बेलायत र अष्ट्रेलियाबीच सुरक्षा सम्झौता – Thulo Khabar


३१ भदौ, काठमाडौं । चीनको अत्याधुनिक रक्षा प्रविधिलाई चुनौती दिने उद्देश्यले अमेरिका, बेलायत र अष्ट्रेलियाले रक्षा प्रणालीको विकासको निम्ति विशेष सुरक्षा सम्बन्धी सम्झौता गरेका छन् ।

चीनको बढ्दो सैन्य क्षमता र इन्डोप्यासेफिक क्षेत्रमा चीनको प्रभाव देखेर सशंकित रहेका यी तीन राष्ट्रबीच भएको यो सम्झौतालाई ‘ओकस’ नाम दिइएको छ ।

सो सम्झौता अनुसार अष्ट्रेलियाले पहिलोपटक परमाणु ऊर्जाबाट चल्ने पनडुब्बी निर्माण गर्ने भएको छ । पछिल्लो सम्झौतासँगै अस्ट्रेलियाले प|mान्सेली पनडुब्बी खरिद गर्ने सन् २०१६को सम्झौता रद्द गरेको छ ।

ओकस सम्झौताले आर्टिफिसियल इन्टेलिजेन्स, क्वान्टम प्रवित्रि र साइबरका पक्षलाई समेट्ने बीबीसीले जनाएको छ । यो सम्झौतापछि तीनवटै मुलुकको साइबर क्षमता, आर्टिफिसियल इन्टेलिजेन्स र समुद्र मुनिको सैन्य क्षमता तीन गुणाले बढेको बीबीसीले जनाएको छ ।

अमेरिका, बेलायत र अष्ट्रेलियाबीच भएको ओकस सम्झौताको चीनले विरोध जनाएको छ । वासिङ्टनस्थित चिनियाँ राजदूतावासले अमेरिका, बेलायत र अष्ट्रेलिया शीतयुद्धको मानसिकतामा रहेको आरोप लगाएको छ ।

window.fbAsyncInit = function () { FB.init({ appId: '280041239029772', xfbml: true, version: 'v2.7' }); }; (function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) { return; } js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));
अनलाइनखबरबाट साभार तल कमेन्टमा आफ्नो प्रत्रिकृया लेख्न नभुल्नु होला ।

हाम्रो फेसबुक पेज