दक्षिण कोरियाले गूगललाई १७ करोड ७० लाख डलर जरिवाना तिराउँदै !


सोल (दक्षिण कोरिया) : दक्षिण कोरियाको बजार प्रतिस्पर्धाको नियमन गर्ने निकायले अमेरिकी सर्च इञ्जिन कम्पनी गूगललाई १७ करोड ७० लाख डलर जरिवाना तिराउने भएको छ ।सामसङ लगायतका स्मार्टफोन निर्माताहरुलाई

अन्य अपरेटिङ सिष्टम प्रयोग गर्नबाट जानीजानी रोक लगाएको भन्दै नियामकले उक्त कम्पनीलाई सो जरिवाना तिराउन लागेको हो । यो दक्षिण कोरियाले कुनै पनि कम्पनीलाई प्रतिस्पर्धा सम्बन्धी नियम तोडेको आरोपमा तिराएको अहिलेसम्मकै ठूलो जरिवाना हुनेछ ।

कम्पनीले जरिवाना विरुद्ध कानूनी लडाई लड्ने बताएको छ ।कोरियाली अधिकारीहरुले कम्पनीको सफ्टवेयर नीतिले हार्डवेयर पाटर्नर र उपभोक्ताहरुलाई भएको लाभलाई वेवास्ता गरेको आरोप गूगलले लगाएको छ । एजेन्सी

थप समाचार,
खुल्न थाले राजधानीका सङ्ग्रहालय ।

काठमाडौं : नयाँ भेरिय’न्टसहितको को’रोना सङ्क्रबमण बढेसँगै गत वैशाखदेखि बन्द रहेका राजधानीका सङ्ग्र’हालय खुल्न थालेका छन् । राजधानीका नारायणहिटी दरबार सङ्ग्रहालय, गणतन्त्र स्मारक, छाउनीस्थित राष्ट्रिय सङ्ग्र’हालय, मुद्रा सङ्ग्रहालय र हनुमानढोका दरबार सङ्ग्र’हालय स्वास्थ्य मापदण्डपालना गरी खुला गरिएको हो ।

सङ्ग्रहालय खुला गरेसँगै अवलोकनकर्ताको भीड लागेको छ नारायणहिटी दरबार सङ्ग्रहालय र गणतन्त्र स्मारक हप्तामा छ दिन खुला हुन्छ । बुधबार नारायणहिटी अवलोकनकर्ताका लागि बन्द गरिन्छ । मङ्गलबार भने आधा दिन खुला गरिने गरेको सङ्ग्रहालयका प्रमुख कार्यकारी अधिकृत भेषनारायण दाहालले राससलाई जानकारी दिनुभयो ।

हनुमानढोका दरबार हप्तामा सातै दिन सार्वजनिक बिदाका दिन पनि खुला हुने गरेको छ । दरबारको ढुकुटी भवनमा गरगहनासम्बन्धी प्रदर्शनी जारी छ । दरबार क्षेत्रभित्रका नासलचोक, लोह चोक, पुतली बगैँचा अव’लोकनका लागि खुला गरिएको छ ।

हनुमानढोका दरबार क्षेत्रमा विदेशी प्रवेशको टिकटको शुल्कको २५ प्रतिशत डेढवर्षदेखि काठमाडौँ महानगरपालिकाले सङ्ग्रहालयलाई दिएको छैन । महानगरसँग सम्झौता भएअनुसार रु तीन करोड ५० लाखभन्दा बढी पैसा लिन बाँकी रहेको हनुमानढोका दरबार सङ्ग्रहालयका प्रमुख सन्दिप खनालले जानकारी दिनुभयो ।

महानगरले पैसा नदिएपछि सङ्ग्रहालयले पनि टिकट काट्न सुरु गरेको छ । स’ङ्ग्रहालय प्रवेश गर्दा अब विदेशीले रु ३०० र नेपालीले रु ३० को टिकट का’ट्नुपर्छ । महानगरले भने हनुमानढोका दरबार क्षेत्र प्रवेश गरेको रु एक हजार शुल्क विदेशीसँग लिने गरेको छ । -रासस

तल कमेन्टमा आफ्नो प्रत्रिकृया लेख्न नभुल्नु होला ।

हाम्रो फेसबुक पेज