दक्षिण कोरिया, अमेरिका र जापानलाई त’र्साउन उत्तर कोरियाको क्षे’प्यास्त्र परिक्षण !


सोउल : उत्तर कोरियाले सफलतापूर्वक एउटा नयाँ प्रकारको लामो दूरीमा प्र’हार गर्न सकिने क्रुज क्षे’प्या’स्त्रको परी’क्षण गरेको जनाएको छ।उक्त क्षे’प्यास्त्रले जापानको धेरै भागमा प्रहा’र गर्न सक्ने उत्तर कोरियाको सरकारी सञ्चार माध्यमले जनाएको छ।

उसका अनुसार शनिवार र आइतवार दुईवटा क्षे’प्यास्त्र परीक्ष’णका लागि प्रहा’र गरिएको थियो।दुवै क्षेप्या’स्त्र १,५०० किलोमिटर टाढासम्म पुग्न सक्ने उत्तर कोरियाली सरकारी समाचार संस्था केसीएनएले जनाएको छ।

यसअघि अमेरिकी राष्ट्रपति जो बाइडनले गत ज्यानुअरीमा पदभार ग्रहण गरेलगत्तै उत्तर कोरियाले क्रुज क्षे’प्यास्त्रको परी’क्षण गरेको थियो। ब्यालि’स्टीक क्षेप्या’स्त्र र आणविक कार्यक्रमका कारण प्योङयाङमाथि अन्तर्रा’ष्ट्रिय प्रतिबन्ध लगाइएको छ।

उत्तर कोरियासँग लामो समयदेखि कायम कू’टनीतिक गति’रोधका विषयमा टो’क्योमा अमेरिका, जापान र दक्षिण कोरियाका अधिकारीहरूबीच हुन लागेको छलफलको पूर्वस’न्ध्यामा पछिल्लो परी|क्षण गरिएको हो।

तल कमेन्टमा आफ्नो प्रत्रिकृया लेख्न नभुल्नु होला ।

हाम्रो फेसबुक पेज