अमेजनका मालिक जेफ बेजोस हुन चाहन्छन् अमर, बुढ्याैली हटाउने प्रविधिमा खर्च गरिरहेको खुलासा


अमेजनका मालिक जेफ बेजोस हुन चाहन्छन् अमर, बुढ्याैली हटाउने प्रविधिमा खर्च गरिरहेको खुलासा

आफैंलाई बूढ़ो हुँदै गएको देख्दा शायद कोही पनि खुशी हुँदैन होला। शायद यसै कारण केही कम्पनीहरु यस विषयमा अनुसन्धानमा लागिरहेका छन्।

तर ई-कमर्स कम्पनी अमेजनका मालिक जेफ बेज़ोसले पनि यस्ता अनुसन्धानमा पैसा लगाइरहेका छन् भन्ने सुन्दा भने अनाैठो लाग्न सक्ला।

यूनिटी बायोटेक्नोलोजी नाम गरेको एउटा कम्पनीले नी बुढ़्योली हटाउने सम्बन्धमा अनुसन्धान गरिरहेको र त्यसमा जेफ बेजोसले पनि लगानी गरेको बुझिएको छ।

यो कम्पनीले रिभर्स एजिङ अर्थात बुढ्योली उल्ट्याउने प्रविधिको अनुसन्धानमा लागिपरिरहेका हुन्। यसमार्फत् बुढ्योलीसँगै मान्छेको शरीरमा आउने रोगहरु नष्ट पार्ने प्रयास गरिन्छ।

बिजनेस इन्साएडरमा आएको रिपोर्ट अनुसार जेफ बेजोसले यूनिटी बायोटेक्नोलोजीको अनुसन्धानमा लगानी गरेको र कम्पनीले छिटै बुढ़्योलीमा हुन सक्ने रोग र यसबाट हुने मृत्यु रोक्ने प्रविधि उपलब्ध गराउन  तल्लीन रहेको बुझिएको छ।

बेजोस अहिले २०० बिलियन डलर सम्पत्तिको मालिक छन्। यूनिटी बायोटेक्नोलोजी स्टार्ट अपमा उनको चासोले उनी आफैं रिभर्स एजिङ प्रविधिमार्फत् बुढो नहुने र नमर्ने चाहना लिएर अघि बढिरहेको आकलन गर्न सकिन्छ।

कम्पनीले हालै पत्रकार सम्मेलन गरेर आफूहरु रिभर्स एजिङ प्रविधिमा काम गरिरहेको बताएको थियो। यो घोषणापछि कम्पनीले एल्टस ल्याबको स्थापना पनि गरेको छ।

बेजोस मात्र नभइ यो स्टार्टअपमा थुप्रै ठूला उद्योगी/व्यापारीहरुको लगानी रहेको कम्पनीको भनाइ छ। यिनमा रूसका धनाढ्य युरी मिल्नर तथा उनी पत्नी जुलिया पनि रहेका छन्।

एजेन्सीका साथमा 

TK Viber

प्रकाशित: ३० भाद्र २०७८, बुधबार


technologykhabarबाट साभार तल कमेन्टमा आफ्नो प्रत्रिकृया लेख्न नभुल्नु होला ।

हाम्रो फेसबुक पेज