फेसबुकलाई टक्कर दिँदै शाओमीद्वारा आफ्नै स्मार्टग्लास सार्वजनिक


फेसबुकलाई टक्कर दिँदै शाओमीद्वारा आफ्नै स्मार्टग्लास सार्वजनिक

चिनियाँ स्मार्टफोन कम्पनी शाओमीले आफ्नै स्मार्टग्लास सार्वजनिक गरेको छ।

कम्पनीका अनुसार यो स्मार्टग्लासले फोटो मात्र खिच्ने नभइ मेसेज तथा नोटिफकेशन पनि डिस्प्ले गर्न सक्छ। यसबाहेक कल गर्न, न्याभिगेशनका सूचना दिन तथा रियल टाइममा लेखेको भाषा अनुवाद समेत गर्न सक्ने कम्पनीको दावी छ।

फेसबुकले झैं शाओमीले यसमा राखिएका फिचरको विविधताका साथमा डिभाइसको ताैल कम होस् भन्नेमा विशेष ध्यान पुर्याएको छ।

जम्मा ५१ ग्राम ताैल भएको यो डिभाइस फेसबुकर रे-ब्यानको साझेदारीमा आएको स्मार्टग्लासभन्दा केही गह्रुङ्गो रहेको बुझिएको छ।

यसबाहेक यसमा रहेको ५ मेगापिक्सेलको क्यामरा प्रयोगमा आइरहेको थाहा दिन इन्डिकेटर लाइट पनि दिइएको छ।

स्पेसिफिकेशनका हिसाबले यसमा क्वाड कोर एआरएम प्रोसेसरका साथै एन्ड्रोइड अपरेटिङ सिस्टम रहेको छ।

यसबाहेक यसमा ओएलईडी भन्दा बढी समय टिक्ने माइक्रोएलईडी इमेजिङ प्रविधि प्रयोग भएको छ।

यसको न्याभिगेशन सिस्टमले आँखैमा म्याप देखाउने तथा यसमा रहेको माइक्रोफोन र स्पीकर कल उठाउन र गर्न प्रयोगमा ल्याउन सकिन्छ।

TK Viber

प्रकाशित: २९ भाद्र २०७८, मंगलवार


technologykhabarबाट साभार तल कमेन्टमा आफ्नो प्रत्रिकृया लेख्न नभुल्नु होला ।

हाम्रो फेसबुक पेज