ईपीएस पास भएका श्रमिक पठाउने तयारी !


काठमााडौँ : रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत रोजगारीका लागि लामो समयदेखि कोरिया जान नपाएका नेपाली युवालाई छिटो पठाउने सम्बन्धमा कोरियन पक्षसँग छलफल भएको छ ।

भिसालगायत प्रक्रिया पूरा भएर कोरोना संक्रमणका कारण उडान बन्द हुँदा रोकिएका १० हजार युवालाई कोरिया पठाउने सम्बन्धमा दुई देशका प्रतिनिधित्व छलफल भएको हो ।
कोरोना संक्रमणको दर दुवै देशमा कम भएपछि

जनस्वास्थ्यका मापदण्ड पूरा गरेर लैजाने सम्बन्धमा नेपालको तर्फबाट वैदेशिक रोजगार विभागका महानिर्देशक दीपक काफ्ले र मानव संशाधन विकास बोर्ड (एचआरडी) कोरियाका नेपाल प्रतिनिधि किम उन डकबीच छलफल भएको हो । – कारोबार दैनिकबाट

थप समाचार
काठमाडौँ : नेपाल भ्रमणमा रहेकी अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की उपाध्यक्ष फातिमा सुमारले नेपालका राजनीतिक दलका सबै नेताहरुलाई भेटघाट गरिसकेकी छन् ।

नेपालको वस्तुस्थिति बुझ्न आएकी सुमारले नेपालले एमसीसीको विषयमा जे निर्णय गरे पनि अमेरिकालाई स्वीकार्य हुने सन्देश दिएकी छन् । एमसीसी परियोजनाको विषय धेरै समय नेपालमा गिजोलिएकाले ढिलाइ हुनुको कारणबारे बुझ्न उनी नेपाल आएकी हुन् ।

उनले नेपालले एमसीसीमा निर्णय गर्ने भए संसदबाट छिटो अनुमोदन गर्न राजनीतिक दलका नेताहरुलाई भनेकी छन् ।
अमेरिकाले नेपालले अस्वीकार गरे पनि कुनै आपत्ति नहुने बताइसकेको छ । नेपालले अस्वीकार गरेको अवस्थामा सोबराबरको रकम अर्कै देशलाई अनुदान दिने पनि स्पष्ट पारिसकेको छ । – राजधानी दैनिकबाट

तल कमेन्टमा आफ्नो प्रत्रिकृया लेख्न नभुल्नु होला ।

हाम्रो फेसबुक पेज