भीम रावल घर न घाटको, ओलीले भने – सुदूरपश्चिम इन्चार्ज दिन सक्दिनँ ।


काठमाडौं : पार्टी विभाजनपछि पनि नेकपा एमालेभित्रको वि’वाद समाधान हुन नसकेपछि खटप’ट सुरु भएको छ ।
एमाले विभा’जन नहुँदै पार्टी एकता कायम राख्ने भन्दै दोस्रो तहका नेताले पार्टी एकताका लागि १० बुँदे प्रस्ताव अघि सारेका थिए ।

तर, उक्त प्रस्ताव कार्यान्वयन नभएपछि एमालेमा पुनः खटपट सुरु भएको हो । एमाले अध्यक्ष केपी शर्मा ओलीले १० बुँदे प्रस्ताव कार्या’न्वयन गरेर पार्टीलाई एकता’बद्ध बनाउने प्रतिवद्धता जनाउनुभएकाे थियाे । तर, ओलीले अहिले जेठ २ जस्ताको तस्तै लागू नहुने स्पष्ट पार्नुभएकाे छ ।

आइतबार ओली निवास बालकोटमा भएको एमाले शीर्ष नेताबीचको छलफलमा उहाँले जेठ २ जस्ताको तस्तै लागू स्पष्ट पार्नुभएको हो । ओलीले नेताहरुकाबीचमा प्रस्ट भन्नुभयो, ‘जेठ २ जस्ताको तस्तै लागु हुँदैन । यसमा प्रस्ट हुनुस् ।’
ओलीले उपाध्यक्ष भीम रावललाई सुदूरपश्चिम प्रदेशको पार्टी इ’न्चार्ज परिवर्तन गर्न नसक्ने पनि बताउनुभएको थियो ।

भीम रावलले पार्टी २ जेठ २०७५ मा फर्केपछि पुनः आफूले नै सुदूरपश्चिमको इ’न्चार्ज हुनुपर्ने अडान लिनुभएको थियो । रावलले भन्नुभएको थियो- ‘पार्टी जेठ २ मा फर्कने भनेपछि त्यही अनुसार अघि बढ्नुपर्छ भन्ने मेरो मान्यता हो ।’

आइतबार बिहान अध्यक्ष ओलीले उपाध्यक्ष रावल, महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, नेताहरु सुवास नेम्वाङ तथा सुदूरपश्चिम प्रदेश अध्यक्ष कर्ण थापालाई बालकोटमा बाेलानुभएकाे थियाे । उक्त छलफमा ओलीले रावलको भनाइप्रति असहमति जनाउँदै भन्नुभयो– ‘ एमालेले कार्य’विभाजन गरेर तोकेको जिम्मे’वारी परिवर्तन हुँदैन ।’

ओलीले रावललाई एमालेको सुदूरपश्चिम इन्चा’र्ज लेखराज भट्टले नै सम्हाल्ने र रावललाई उपाध्यक्षको जिम्मे’वारी बहन गर्न आग्रह गर्नुभएको थियो । भट्टलाई गत फागुन २३ पछि एमाले सुदुरपश्चिम इन्चा’र्ज तोकेको थियो । त्यसबेला रावल माधव नेपाल समुहमा हुनुहुन्थ्यो । माधव नेपाल सहितका नेताहरुले एमालेबाट छुट्टिएर नेकपा ए’कीकृत समाजवादी गठन गर्दा रावल पुन ओलीसँगै बस्नुभएको हो ।

सुदूरपश्चिम प्रदेशका प्रभावशाली नेता मानिएका रावललाई सुदूरपश्चिको इन्चा’र्ज नबनाएपछि घर न घाटको जस्तै बन्नुभएको छ । यता, प्रदेशसभाबाट पनि रावल एक्लिनुभएको छ । अध्यक्ष ओलीकै कटु आलो’चक रावलले नेता माधव नेपालको साथ छोडेर एमालेमै रहने निर्णय गरेपछि रावल घर न घा’टको जस्तै बन्नुभएको हो ।

रावल आफ्नै गृह नगरमा समेत एक्लिनु भएको छ । एमालेबाट निर्वाचित साँफे नगरपालिकाका प्रमुख कुलबहादुर कुवँर र उपप्रमुख बिमलादेवी बुढ्थापाले समेत नेकपा एकीकृत समाजवादी रोजेका छन् ।

अछामबाट निर्वाचित प्रदेश सभा सदस्य मिना साउँद, दुर्गा विक र बलबहादुर सोडारीले पनि एकीकृत समाजवादी रोजिसकेका छन् । सुदूरपश्चिम प्रदेश सभामा एकीकृत समाजवादी १४ जना प्रदेश सांसद सहित सबैभन्दा ठूलो दल बनेको छ । नेकपा एमाले पहिलो दलबाट चौ’थोमा पुगेको छ ।

तल कमेन्टमा आफ्नो प्रत्रिकृया लेख्न नभुल्नु होला ।

हाम्रो फेसबुक पेज