उपाध्यक्ष सुमार भन्नुहुन्छ : एमसीसी सम्झौता अनुमोदन भएसँगै थलिएको नेपालको अर्थतन्त्र उकासिनेछ ।


काठमाडौं : अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरे’शन (एमसीसी) की उपाध्यक्ष फातिमा सुमारले नेपालले एमसीसी सम्झौता अनुमोदन गरेसँगै थलिएको नेपालको

अर्थतन्त्र उकासिने बताएकी छन् । चार दिने भ्रमणका लागि नेपाल आएकी उपाध्यक्ष सुमारले आइतबार आयोजित पत्रकार सम्मेलनमा एमसीसी सम्झौता जतिसक्दो छिटो अनुमोदन गरिन्छ त्यति चाँडो थलिएको नेपालको अर्थ’तन्त्रलाई फाइदा पुग्ने उनले बताइन् ।

उनले भनिन्, ‘नेपालले जतिसक्दो छिटो यो सम्झौता अनुमोदन गर्छ त्यत्ति नै नेपालको थलिएको अर्थ’तन्त्रलाई यसले फाइदा गर्छ ।’ एमसीसी सम्झौताका विषयमा नेपालको संसदले छिटो निकास दिनुपर्ने पनि उनले बताएकी छन् । उनका अनुसार अब नेपालको संसदबाट एमसीसी सम्झौता पारित हुन्छ ।

उपाध्यक्ष सुमारले नेपालसँगको एमसीसी सम्झौता नेपाल सरकारकै आग्रहमा भएको यो अनुमोदन नभई कार्या’न्वयनमा नजाने पनि बताएकी छन् । साथै, एमसीसी सम्झौ’ता भएपछि नेपालमा ८ वटा सरकार बनिसकेको र ती सबै सरकारले कार्यान्वयनको प्रतिब’द्धता जनाएको पनि उनले उल्लेख गरिन् ।

तल कमेन्टमा आफ्नो प्रत्रिकृया लेख्न नभुल्नु होला ।

हाम्रो फेसबुक पेज