बधाई ! नेपालले बंगलादेशलाई हरायो, प्रिती र सविताले रचे इतिहास ।


काठमाडौं : बंगलादेशसँगको पहिलो मैत्रीपूर्ण फुटबल म्याचमा नेपाली महिला टिम विजयी भएको छ । आज दशरथ रंगशालामा भएको खेलमा बंगलादेशवि’रुद्ध नेपाल २-१ गोल अन्तरले विजयी भएको हो ।

नेपालको जितमा सविता राना मगर र प्रिती राईले एक-एक गोल गरिन् । खेलको १४ मिनेटमा युवा खेलाडी सविताले डेब्यू गोल गर्दै टिमलाई अग्रता दिलाइन् । सविताले राइट विंकर विमला चौधरीको पासमा हेडिङ गोल गरेकी हुन् । सविता यू-१९ टोलीको सदस्यसमेत हुन् ।

त्यस्तै, नेपालको लागि दोस्रो गोल प्रितीले खेलको २४ मिनेटमा गरिन् । उनले मिडफिल्डर शरु लिम्बुको पास सदुपयोग गर्दै डिबक्स एसिया नजिकैबाट सुन्दर गोल गरेकी हुन् । नेपाल यू-१५ टोलीको कप्तानसमेत रहेकी प्रितीले डेब्यू खेलमै राष्ट्रका लागि गोल गरेकी हुन् । बंगलादेशका लागि ८३औँ मिनेटमा थोउरा खातुनले गोल गरिन् ।

उनले मैदान प्रवेश गरेको पहिलो मिनेटमा गोल गर्दै खेललाई २-१ को अवस्थामा ल्याएकी थिइन् । उनले ८२औं मिनेटमा मोसामत सोप्नाको स्थानमा प्रवेश गरेकी थिइन् ।

प्रिती र सविताले रचे इतिहास !

प्रिती र सविताले इतिहास पनि रचेकी छन् । उनीहरूले कम उमेरमै डेब्यूमै गोल गर्दै इतिहास रचेकी हुन् । साथै, उनीहरूले दशरथ रंगशालामा नेपालको तर्फबाट पहिलो अन्तर्राष्ट्रिय

गोल गर्ने महिला खेलाडीको कीर्ति’मान पनि बनाएका छन् ।
नेपाल र बंगलादेश दुवैले एएफसी महिला एसिया कप छनोटको तयारी स्वरूप दुई मैत्री’पूर्ण म्याच खेलिरहेका हुन् । दोस्रो खेल शुक्रबार हुनेछ । -बझाङ न्युज

तल कमेन्टमा आफ्नो प्रत्रिकृया लेख्न नभुल्नु होला ।

हाम्रो फेसबुक पेज