मलेसियाबाट ९६ हजार अवै’धानिक कामदार स्वदेश फर्किए, अझै यतिधेरै नपाली छन् इलिगल !


क्वालालम्पुर : मलेसिया सरकारले सञ्चालनमा ल्याएको यहाँ अवैधा’निक हैसियतमा कार्यरत रहेको विदेशी कामदारहरुलाई स्वदेश फर्काउने कार्यक्रम अन्तर्गत अगस्ट २० तारिखसम्म ९६ हजार ८ सय ९ जना विदेशीहरु स्वदेश फर्किसकेका छ्न।

मलेसियामा वैधा’निक कागजात नभएका (अवैधानिक) हैसियतमा कार्यरत रहनु भएका नेपालीसंगै इन्डोनेशिया , ईन्डिया , पाकिस्तान , म्यानमार , भियतनाम लगायतको देशको विदेशी अवैधानिक कामदारहरुलाई ऊनीहरुको आफ्नै देश फर्काउनलाई सञ्चालनमा ल्याइएको कार्यक्रम

( रिक्या’लिब्रेशन पुलाङ्ग ) कार्यक्रमको सदुपयोग गरि अहिलेसम्म ९६ हजार भन्दा धेरै अवैधानिक विदेशी कामदारहरु स्वदेश फर्किसकेको मलेसियन आप्रवासन नियन्त्रण बिभाग (जेआईएम) का उप – महानिर्देशक दातोक मखजान मुह्म’मदिनले बताउनुभएको स्थानीय सञ्चार माध्यमले समाचारमा प्रकाशित गरेको छ।

स्वदेश फर्किने अवैधानिक विदेशी कामदारहरुले आफ्नो साथमा पासपोर्ट अथवा सम्बन्धित देशको दूतावासले जारी गरेको यात्रा अनुमतिपत्र (ट्राभल ड’कुमेन्ट) , हवाई टिकट , ७२ घण्टे भित्रको कोरोना पिसिआर रिपोर्ट लगायतको कागजात लिएर

मलेसियाको सेपाङमा अवस्थित केयलआईए अन्तर्राष्ट्रिय विमानस्थलमा गैई जरिवाना बापतको आरएम ५०० रिंगेट तिरेर सिधै स्वदेश फर्किन पाउने ब्यवस्था गरिएको छ उहाँले बताउनुभयो। त्यस्तै उहाँले थप बोल्दै भन्नूभयो कि ” स्वदेश , घरफिर्ती कार्यक्रमसंगै सरकारले अवै’धानिक कामदारलाई

वैधानिक बनाई पुनः काममा भर्ती गर्ने (लेबर रिक्या’लिब्रेशन रिहाईरिङ्) पुनः भिसा लगाउन मिल्ने कार्यक्रम अन्तर्गत अगस्ट २० तारिखसम्ममा १ लाख ७४ हजार भन्दा बढी अवैधानिक विदेशी कामदारहरुले रोजगारदाता कम्पनीसंगको सहायतामा वैधानिक हुनलाई आवेदन दिइसकेको बताउनुभयो।

अहिले मलेसियामा नयाँ विदेशी कामदार भर्ना कार्यक्रम बन्द रहेकोले मलेसियामा जुन-जुन क्षेत्रमा रोजगारदाता , कम्पनीहरुलाई कामदारको कमि भैइरहेको छ , उहाँहरुले यहीँ कार्यक्रमको सदुप’योग गरि , रिक्यालिब्रेशन रिहाईरिङ् गरि अवै’धानिक कामदारहरुलाई वैधानिक बनाई काममा लगाउन

सक्नु हुनेछ र तत्काललाई कामदार अभावको पुर्ति गर्न सक्नुहुनेछ उप-महानिर्देशक मखजान मुह्ममदिनले बताउनुभयो।
डिसेम्बरसम्म सञ्चालनमा ल्याएको रिहाईरिङ् कार्यक्रम अन्तर्गत निर्माण क्षेत्र , वृक्षरोपण , कृषि , उत्पादन र सेवा क्षेत्र गरि पाँच वटा क्षेत्रमा अवै’धानिक कामदार भर्ना गर्न सकिने ब्यवस्था गरिएको बताउनुभयो।

रिहाईरिङ् कार्यक्रममा स्वच्छ वैधानिक कागजात नभएका बाहेक जटिल मु’द्दा खेपिरहेका , केहि अनैतिक क्रियाकलापमा सङ्लग्न भैइ प्रहरीद्वारा प’क्राउ परेका अवैधा’निक विदेशी कामदारहरुले भने यस् कार्यक्रममा सहभागी हुन नसकिने बताउनुभएको छ।

तल कमेन्टमा आफ्नो प्रत्रिकृया लेख्न नभुल्नु होला ।

हाम्रो फेसबुक पेज