बधाई ! अमेरिका उच्च अध्ययन गर्न आएकी नेपाली चेली नौसेनाकी क’मान्डर पदमा ब’ढुवा !


न्यु योर्क : अमेरिका उच्च अध्ययन गर्न आएकी काठमाडौँ महाराजगंजकी नेपाली चेली जतन केसी बास्तोला नौसेनाकी क’मान्डर पदमा ब’ढुवा भएकी छिन । अमेरिकामा आई ज’लसेनाको उक्त पदमा पुग्ने नेपाली छोरी केसी बास्तोला

सम्भवत पहिलो नेपाली हुन् । अहिले सम्म कै जानकारी र सोध खोज अनुसार बास्तोला अमेरिकी सेना तथा नौसेना मै क’मान्डर पद अर्थात् उक्त दर्जामा पुग्ने पहिलो नेपाली हुने अवसर पाएकी छिन । त्यसमा पनि नेपाली महिला ।उनको पदोन्नति गत सेप्टेम्बर १ ,२०२१ देखि भएको हो ।

उनलाई क’मान्डर बोर्ड (समिति)ले छनौट गरे पछि ब’ढुवा भएको उनले बताइन । सन् १९९५ मा अमेरिका उच्च अध्ययनको लागी आएकी बास्तोला सुरुमा हवाई त्यसपछि हवाईबाट भर्जिनिया राज्यमा आएकी हुन् ।उनि जलसेनामा भएकोले उनको काम समुन्द्रमा पर्दछ भने त्यसमा पनि ठूला ठूला पानी जहाजमा जानु पर्ने हुन्छ ।

अहिले सम्म उनले ३ वटा जहाजहरुमा काम गरि सकेकी छिन भने तिनीहरुमा युएसएस चेफी,युएसएस हेरी एस ट्रुम्यान रहेका छन् ।

हाल उनि युएसएस वास्पमा सहायक आपूर्ति अधिकारीको रुपमा कार्यरत छिन् ।उनको अन्य मुख्य काम भनेको वित्तीय तथा लजिस्टिक (संभारिकी) आपूर्ति गर्नु लगायत पर्दछ । उनि सन् २००६ देखि नौसेनामा भर्ना भएकी हुन् ।

सन् २००४ मा अमेरिकी नागरिकता लिएकी बास्तोलाले सन् २०१५ मा कबुलियत व्यवस्थापनमा स्नातकोत्तर गरेकी छिन ।उनले नौसेना र समुद्रीसेनामा राम्रो कार्य गरे वापत उनको योगदानको कदर गर्दै विभिन्न प्रशंसा पुरस्कार लगायत अन्य धेरै व्यक्तिगत पुरस्कारहरू प्राप्त गरेकी छिन ।उनी हाल सेसापिक भर्जिनियामा श्रीमान र आमासंग बस्छिन्।

तल कमेन्टमा आफ्नो प्रत्रिकृया लेख्न नभुल्नु होला ।

हाम्रो फेसबुक पेज