गाउँको अनुहार नदेखेका प्रधानमन्त्री देउवाका छोरा राजनीतिमा प्रबेश !


काठमाडौं : नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाका छोरा राजनीतिमा प्रबेश गरेका छन् । २६ वर्षका पुगेका देउवाका छोरा जयवीरसिंह देउवाको नाम

क्रियाशील सदस्य सूचीमा राखिएको छ । अहिलेसम्म गाउँमा नपुगेका जयवीरसिंहले बुबाको जन्मस्थान डडेल्धुराको गन्यापुरा गाउँपालिका–वडा नम्बर १ बाट क्रियाशील सदस्यता लिएका हुन्।

उनको नाम क्रियाशील सदस्यता सूचीको १६६ नम्बरमा रहेको छ । क्रियाशील सदस्यताका लागि उनको नाम वडाबाटै सिफारिस भएर गएको बताइएको छ । बेलायतको युनिभर्सिटी अफ न्यूयोर्कबाट राजनीति शास्त्रमा एमए गरेका जयवीरसिंहले

अब राजनीतिमा पाइला सारेका छन् । उनलाई सातौं जिल्ला अधिवेसनबाट क्षेत्रीय प्रतिनिधि पठाउनेबारे पनि छलफल भइरहेको छ । उनी क्रियाशील सदस्य बनेसँगै राजनीतिमा सक्रिय रुपमा आउने देखिएको छ । -क्यानडा नेपाल

तल कमेन्टमा आफ्नो प्रत्रिकृया लेख्न नभुल्नु होला ।

हाम्रो फेसबुक पेज