गुगल सर्चमा अब आधिकारीकरुपमा डार्क मोड उपलब्ध


गुगल सर्चमा अब आधिकारीकरुपमा डार्क मोड उपलब्ध

गूगलले अन्तत डेस्कटपमा सर्चको लागी एक आधिकारिक डार्क मोड जोड्दै छ, जसले लाइट वेबपृष्ठहरुबाट बच्दै आफ्नो खोज पूरा गर्नको लागी ग्रे कलरमा जान चाहन्छन् उनीहरुलाई सहज हुनेछ।

गुगलको समर्थन पृष्ठ अनुसार, तपाइँ सेटिंग्स> सर्च सेटिंग्स> अपियरन्समा गएर परिवर्तन गर्न सक्नुहुन्छ। त्यहाँ, तपाइँ लाइट, अँध्यारो, वा टूलद्धारा पूर्वनिर्धारित विकल्प छनौट गर्न सक्षम हुनुहुनेछ, जुन स्वचालित रूपमा तपाइँको कम्प्यूटरको मोडलाई पछ्याउने ९टू५गुगलले उल्लेख गरेकोछ।

यदि तपाईँले हालको समयमा सो नयाँ विकल्प देख्नुहुन्न भने, तपाईँले अलिकति पर्खनु पर्ने हुनसक्छ । गुगल बताएअनुसार सेटिंग अर्को केहि हप्ताहरुमा रोल आउट हुनेछ र यसको धेरै अपडेटहरुको रूपमा आउनेछ।

गुगल केहि समयदेखि डार्क मोड सर्चसंग खेलिरहेको छ । यो फिचर फेब्रुअरीमा परीक्षणमा थियो र अब यो अन्ततः आधिकारिक भएको छ।

यसअघि नै गुगलको एन्ड्रोइड एप र आईओएस एपमा डार्क मोड उपलब्ध रहेको छ।

TK Viber

प्रकाशित: २६ भाद्र २०७८, शनिबार


technologykhabarबाट साभार तल कमेन्टमा आफ्नो प्रत्रिकृया लेख्न नभुल्नु होला ।

हाम्रो फेसबुक पेज