को हुन्, संसदमा मर्यादापालकको काँधमा चढेर अर्थमन्त्री कु’ट्न खोज्ने ?


काठमाडौं : शुक्रबार संसद भवन बैठकमा अचम्मका दृश्यहरु देखिए । कोही सांसदहरु सभामुखतिर अघि झ’म्टने, कोही गा’लीग’लौज गर्ने, कोही मर्या’दापालकको काँधमा चढेर सभामुखको सिटतिर झ’म्टिन खोज्ने ।

यस्तै यस्तै दृश्यहरु देखिए । त्यसरी सभामुखतिर झ’म्टिन खोज्ने सांसदहरु थिए, प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरु । पार्टीले माधव नेपालसहित १४ सांसदलाई कारवाही गरेको भनि संसदलाई जानकारी गराउँदा पनि सभामुख अग्नि सापकोटाले कारवाहीबारे केही जानकारी नगराएपछि सांसदहरु यसअघि पनि संसद बैठक अवरु’द्ध गर्दै आएका छन् ।

शुक्रबार पनि एमाले सांसदहरु सभामुखको व्यवहार मु’र्दावादलगायतका नाराहरु लगाउदै संसद अव’रुद्ध पारेका थिए । तर, दुई पटकको संसद अव’रुद्धपछि सभामुख सापकोटाले आफ्नो रफ्तार बढाए । र, आजै ओली सरकारले ल्याएको २०७८/७९ को बजेट संशोधन पनि अर्थमन्त्री जर्नादन शर्माले प्रस्तुत गरे ।

हो, उक्त दृश्य यहीँ हो । जहाँ देख्न पाइन्छ, एमाले सांसदहरु कति क्रु’द्ध थिए भनेर । उनीहरुले आफ्नो सरकारले ल्याएको बजेट संशोधनप्रति आपत्ति जनाउँदै सभामुख सापकोटा र अर्थमन्त्री शर्मातिर झ’म्टिन खोजेका थिए ।

यसैक्रममा एमालेको एक सांसद जो मर्यादापालकको काँधमाथि चढेर रोष्टमतिर आक्र’मण गर्न खोज्दै थिए । तर, मर्या’दापालकले उनलाई समाएर । अघि बढ्न दिएनन् । उनी थिए–एमाले सांसद नारदमुनी राना ।

सांसद रानी तिनै हुन्, जस्ले २०७४ को चु’नावमा नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणालाई कैलाली–५ बाट हरा’एर संसदमा प्रवेश गरेका थिए । उनै सांसद राना शुक्रबार संसदमा उग्र रुपमा प्रस्तुत भए । राना पूर्व वनमन्त्रीसमेत हुन् ।

राना पूर्वसहायक मन्त्री बनेकी आशा विक, सांसद नरबहादुर धामीललगायत सांसदको बुइमा चढेर रोष्टमतर्फ जान खोजेका थिए । मर्या’दापालकले उनको कदमलाई सफल पार्न दिएनन् । उनीसँगै अन्य सांसदहरु पनि म’र्यादापालकहरुको काँ’धमा चढेका थिए ।

तल कमेन्टमा आफ्नो प्रत्रिकृया लेख्न नभुल्नु होला ।

हाम्रो फेसबुक पेज