प्रशिक्षणको लागि कतार उड्यो नपाली राष्ट्रिय पुरुष फुटबल टिम !


काठमाडौं : साफ च्याम्पियनसीपको तयारीका लागि नेपाली राष्ट्रिय पुरुष फुटबल टिम कतार प्रस्थान गरेको छ । टोली शुक्रबार कतार एअरवेजबाट कतार प्रस्थान गरेको हो ।

माल्दिभ्समा हुने साफ च्याम्पियनसीपका लागि थप तयारी नेपालले कतारमा गर्न लागेको हो । नेपालले कतारमा करीब दुई साता प्रशिक्षण गर्नेछ । मुख्य प्रशिक्षक अबदुल्लाह

अलमुताइरी यसअघि नै कतार पुगिसकेका छन् । कतारमा रहँदा नेपाली टोलीले मैत्रीपूर्ण खेलका लागि पहल गर्ने अलमुताइरीले बताएका थिए । उनी त्यहाँ व्यवस्थापन मिलाउन चाँडै गएका हुन् ।

अखिल नेपाल फुटबल संघ एन्फाले बिहीबार नेपाली टोलीलाई बिदाइ गरेको थियो । कतारमा प्रशिक्षणपछि नेपाली टोली सेप्टेम्बर २७ मा साफ च्याम्पियनसिपका लागि उतैबाट माल्दिभ्स जानेछ ।

१३औं संस्करणको साफ च्याम्पियनसीप अक्टोबर १ देखि १६ सम्म हुनेछ । यसपटक साफमा ५ टिमले राउण्ड रोबिनका आधारमा प्रतिस्प’र्धा गर्नेछन् र शीर्ष दुई टोली फाइनल पुग्नेछन् । को’भिडका कारण भुटानले सहभागिता जनाएको छैन भने पाकिस्तान फिफाको प्रति’बन्धमा रहेको छ ।

तल कमेन्टमा आफ्नो प्रत्रिकृया लेख्न नभुल्नु होला ।

हाम्रो फेसबुक पेज