विदेशी मुद्रा सटही सिफारिश विनियमावलीमा संसोधन, दूरसञ्चार सेवा प्रदायकको प्रकृया सरलीकृत


विदेशी मुद्रा सटही सिफारिश विनियमावलीमा संसोधन, दूरसञ्चार सेवा प्रदायकको प्रकृया सरलीकृत

नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार सेवा प्रदायकहरुलाई आवश्यक पर्ने विदेशी मुद्रा सिफारिस गर्ने प्रावधान र प्रकृयालाई सरलीकृत गरेको छ।

प्राधिकरणले विदेशीमार्फत तालिम, प्राविधिक अडिटलगायतका कार्य गर्दा विदेशी मुद्रा सिफारिस गर्नको लागि अनुगमन गर्नु नपर्ने व्यवस्था गरेको छ।

प्राधिकरणले दूरसञ्चार उपकरण आयात तथा विदेशी मुद्रा सटही सिफारिश सम्बन्धी (कार्यबिधि) विनियमावली, २०७६ मा संसोधन गर्दै नयाँ व्यवस्था लागू गरेको छ।

संसोधन भएअनुसार अब विदेशी सेवा प्रदायक मार्फत दूरसञ्चार सेवा प्रदायकहरुले लिने तालिम, मूल्यांकन, प्राविधिक अडिट र विज्ञ सेवाहरुको लागि विदेशी मुद्रा सिफारिस लागि अनुगमन गर्नु नपर्ने प्रावधान लागू गरेको हो।

यस्ता सेवाहरुको अनुगमन हुन नसक्ने कारण देखाउँदै प्राधिकरणको भदौ ४ गते बसेको बोर्ड बैठकले सो विनियमावली संसोधन गरेको हो।

बैठकले विनियम ४ को (३) मा संसोधन गर्दै यसअघिको ‘सो को पुष्टि हुने कागजात’ भन्ने शब्दहरुको साटोमा नयाँ शब्द ‘कारण खुलाउनुपर्नेछ’ भन्ने राखेको छ। त्यसैगरि सोहि विनियमको उपविनियम (२) को खण्ड (ङ) (छ) र (ज) बमोजिमको सेवाहरुको हकमा अनुगमन गर्न नपर्ने व्यवस्था समेत लागू गरेको छ।

सो बुँदाहरुमध्ये खण्ड (ङ) मा ‘दूरसञ्चारसँग सम्बन्धित तालिमहरु’ रहेको छ भने (छ) मा ‘दूरसञ्चार सेवा प्रदायकको सम्पत्तिको मूल्यांकन’ रहेको छ त्यसैगरि खण्ड (ज) मा ‘दूरसञ्चार सेवासँग सम्बन्धित परामर्श सेवाहरु’ रहेको छ।

नयाँ व्यवस्था कार्यान्वयनमा आएसँगै उल्लेखित यी सेवाहरुको प्राधिकरणले अनुगमन गर्ने छैन् र विदेशी मुद्राको लागि सिफारिसको अनुगमन गर्न नपर्ने भएको हो।

यसअघि प्राधिकरणले सेवा प्रदायकहरुले नियमितरुपमा गर्ने उल्लेखित सेवाहरुका लागि समेत अनुमगन गरेपछि मात्र विदेशी मुद्रा सहटीको लागि सिफारिस गर्ने प्रावधान थियो।

TK Viber

प्रकाशित: २५ भाद्र २०७८, शुक्रबार


technologykhabarबाट साभार तल कमेन्टमा आफ्नो प्रत्रिकृया लेख्न नभुल्नु होला ।

हाम्रो फेसबुक पेज