फतिमा सुमार भन्छिन : एमसीसी संसोधन हुन सक्दैन !


काठमाडौं : अमेरिकाले एमसीसी सम्झौता संशोधन हुन नसक्ने जवाफ सरकारलाई दिएको छ । सरकारले सोधेका ११ मूलप्रश्नको जवाफ दिँदै एमसीसी उपाध्यक्ष फतिमा सुमारले उक्त कुरा बताएकी हुन् ।

नेपालका कतिपय राजनीतिक दल र नागरिक समाजले एमसीसीलाई संसोधन गरेर मात्र पारित गर्ने बताइरहेको बेला अमेरिकाले संसोधन हुन नसक्ने जवाफ दिएको हो ।सम्झौताको मूल अंश संसोधन हुन नसक्ने जवाफ अमेरिकाले दिएको छ ।

सरकारले ६ नम्बरको बुँदामा संसोधनको कुरा संसदबाट किन अनुमोदन हुन सक्दैन भन्दै सोधेको प्रश्नमा भनिएको छ, ‘हस्ताक्षर भैसकेको एमसीसी नेपाल कम्प्याक्ट अहिले संसोधन गर्न सकिँदैन ।

सत्तारुढ गठबन्धन दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संसोधनपछि मात्रै एमसीसी अनुमोदन हुने बताएका थिए । साथै, संसोधन गरेर मात्रै पास गर्न माग गर्दै

प्रदर्शन हुँदै आएको छ ।आफू नेपाल आउनुको पूर्वसन्ध्यामा एमसीसी उपाध्यक्ष सुमारले अर्थमन्त्री जनाद्र्धन शर्मालाई एमसीसी संसोधन हुन नसक्ने जवाफ दिएकी हुन् ।

तल कमेन्टमा आफ्नो प्रत्रिकृया लेख्न नभुल्नु होला ।

हाम्रो फेसबुक पेज