केपी ओली भन्नुहुन्छ – “देउवा सरकार घरको बाघ, वनको स्याल”


काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्ना नागरिक तुइ’नबाट ख’सालिँदा पनि सरकार चुइ’क्क बोल्न नसकेको बताएका छन् ।

युवा संघले सोमबार राजधा’नीमा गरेको कार्यक्रममा ओलीले तुइ’नबाट खसा’लेको भनेर प्रतिवेदन आउँदा पनि सरकारले केही बोल्न नसकेको बताए । भारतले यसबारे थाहा छैन भनेको भन्दै उनले अघि भने, ‘यो सरकारले थाहा दिन सक्दैन ।’

सडकमा आएका युवाहरुलाई लाठी ब’र्साउने सरकारले भारतसँग चुइ’क्क नबोलेको भन्दै उनले भने, ‘यसलाई भन्छ, घरको बाघ, वनको स्याल ।’

यता : नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमाले फु’टेको नभई चो’इटिएको बताउनुभएको छ ।

नेकपा एमाले कास्की जिल्ला कमिटि’द्वारा आज पोखरामा आयोजित बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले अवसरवादीहरुले पार्टीलाई कमजोर बनाउन खोजे पनि पार्टी सङ्गठन बलियो भएर अघि बढ्ने बताउनुभयो ।

निरन्तर मुलुक र जनताको पक्षमा काम गर्दै आएको एमालेले आगामी निर्वाचनमा एक्लै लडेर स्पष्ट बहुमत ल्याउने विश्वास व्यक्त गर्दै उहाँले समृद्ध नेपाल सुखी नेपाली अभियानलाई अघि बढाउन भ्रम र अलमलमा नपर्न कार्यकर्तालाई अनुरोध गर्नुभयो ।

कास्कीमा जस्तै नेकपा एमालेको सङ्गठनलाई देशव्यापी एकताबद्ध बनाउनुपर्ने बताउँदै उहाँले जनताका हर समस्यामा सहयोग गर्ने गरी पार्टीको समाजसेवी दस्ता तयार गर्ने तयारी भइरहेको जानकारी दिनुभयो ।

उहाँका अनुसार पार्टीको आन्तरिक सहयोग जु’टाएर जनताको आवश्यकतानुसार काम गर्ने दस्ताको मुख्य लक्ष्य रहनेछ ।
पार्टीका स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले आन्तरिक सङ्घर्ष पार्टी फुटाउनका लागि नभई सुदृढी’करणका लागि हुने

विश्वास व्यक्त गर्दै कार्यकर्तालाई सङ्गठित भएर पार्टी निर्माणमा जुटन आग्रह गर्नुभयो । कास्की जिल्ला कमिटीका अध्यक्ष कृष्णबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा सचिव दा’मोदर बैरागीलगायतले पार्टीको गति’विधिमाथि प्रकाश पार्नुभएको थियो ।

तल कमेन्टमा आफ्नो प्रत्रिकृया लेख्न नभुल्नु होला ।

हाम्रो फेसबुक पेज