बधाई ! पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट – नेपालसँग पीएनजी पराजित ।


काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टिमले पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पपुवा न्यूगिनी (पीएनजी)लाई पराजित गरेको छ ।

मंगलबार ओमानमा रोहितकुमार पौडेल र सोमपाल कामीको अर्धशतकीय साझेदारीसँगै नेपालले पीएनजीमाथि २ विकेटको जित हात पारेको हो ।

पीएनजीले दिएको १३५ रनको सामान्य लक्ष्य नेपालले ३९ ओभर ३ बलमा ८ विकेट गुमाएर पूरा ग¥यो । रोहितकुमार रन टाइ भएको अवस्थामा ४१ रन बनाएर आउट भए ।

त्यस्तै सोमपाल कामी २२ रनमा अविजित रहे । यसअघि पहिले ब्याटिङ गरेको पीएनजीले ३३ ओभरमा सबै विकेट गुमाएर १३४ रन बनाएको थियो ।

तल कमेन्टमा आफ्नो प्रत्रिकृया लेख्न नभुल्नु होला ।

हाम्रो फेसबुक पेज