ओडीआई क्रिकेट : नेपालले पपुवा न्यु गिनीविरुद्ध बलिङ गर्दै


२२ भदौ, काठमाडौं । नेपाल र पपुवा न्यु गिनीबीचको खेल सुरु भएको छ । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत ओमनमा जारी त्रिकोणात्मक सिरिजमा अहिले नेपालले फिल्डिङ गरिरहेको छ ।

ओमानको अल अमेरत मैदानमा पीएनजीले टस जितेर ब्याटिङ रोजेपछि नेपालले पहिले फिल्डिङ गरिरहेको छ । ओमान र अमेरिकासँग विश्वकप लिग २ सिरिज खेल्ने ओमान पुगेको नेपालले त्यसअघि तयारी स्वरुप पीएनजीसँग दुई ओडीआई खेल्न लागेको हो ।

आसिफ शेख, कुशल भुर्तेल र विक्रम सोवले ओडीआईमा डेब्यु गरेका छन् । आसिफले डेब्युमै विकेटकिपङ सम्हालेका छन् । विनोद भण्डारी र करण केसीलाई खेलाएको छैन ।

नेपालको टोली

ज्ञानेन्द्र मल्ल(कप्तान), कुशल भुर्तेल, आसिफ शेख(विकेटकिपर), आरिफ शेख, शरद भेषावकर, रोहितकुमार पौडेल, कुशल मल्ल, सोमपाल कामी, पवन सरार्फ, विक्रम सोब र सन्दीप लामिछाने ।


अनलाइनखबरबाट साभार तल कमेन्टमा आफ्नो प्रत्रिकृया लेख्न नभुल्नु होला ।

हाम्रो फेसबुक पेज