माधव नेतृत्व नेकपा एकीकृत समाजवादीको महासचिव बन्दै रामकुमारी झाँक्री !


काठमाडौं : एमालेबाट वि’द्रोह गरेर माधब नेपालले खोलेको नयाँ नेकपा एकीकृत समाजवादी ले निर्वाचन आयोगबाट पनि बैधानकिता पाएसंगै पार्टीको अध्यक्ष पछिको महासचिव पदको चर्चा हुन थालेको छ ।

नेकपा समाजवादी एकीकृतको अध्यक्ष माधब नेपाल आफै छन, अब महासचिव बनाउँनु पर्ने हुन्छ । माधब नेपालाई अधिकाश दोस्रो पुस्ताका नेताहरुले छाडेर एमालेमै रहने निर्णय गरेपछि अहिले तेस्रो पुस्ताका नेताहरु पार्टीमा हावी भएका छन ।

नेकपा एसको हाइक’मान्डमा माधवकुमार नेपाल, झलनाथ खनाल, वेदुराम भुसाल, मुकुन्द न्यौपाने र प्रमेश हमाल छन् । यही कमिटीले नेकपा एसको महत्व’पूर्ण निर्णय गर्ने जनाइएको छ । सरकारमा सहभागी हुने मन्त्री देखि विभिन्न राजनीतिक नियुक्ति हाइकमान्डले गर्ने तय भएको छ ।

हाइकमान्डको बैठक राखी माधव नेपालले सरकारमा जाने ६ मन्त्रीको नाम टुं’ग्याउने बुझिएको छ । माधव नेपालको भित्री टिमका वेदुराम भुसाल र प्रमेश हमालमात्र हाइकमान्डमा छन् । भुसाल माधव नेपालका लागि जस्तोसुकै जोखिम मोल्न तयार हुने नेता हुन् ।

हमाल पनि माधव नेपालका प्रीयपात्र हुन् ।झलनाथ खनालको आफ्नै टिम छ । मुकुन्द न्यौपाने पनि माधव नेपालसँग नजिकिएपनि भित्री टिमका भने होइनन् । यसैगरी, माधव नेपाललाई पार्टी व्यवस्थापनमा साथ दिनेमा राजेन्द्र प्रसाद पाण्डे र विजय पौडेल हुन् ।

पाण्डेले अप्ठ्यारो समयमा नेपाललाई साथ दिदै आएका छन् । उनको बागमती प्रदेशको मुख्यमन्त्री बन्ने सम्भावना पनि बलियो रहेको छ । डा। विजय पौडेललाई पनि माधव नेपालले निकै विश्वास गर्छन् । पौडेललाई महत्वपूर्ण जिम्मेवारी दिने नेपालको तयारी छ ।

पाण्डे र पौडेलमध्ये एकजना नेकपा एस का महासचिव बन्ने सम्भावना रहेको बुझिएको छ । घनश्याम भुसालले एमाले छाड्न नमानेपछि पाण्डे र पौडेलमध्ये एकजना महासचिव बन्ने सम्भावना बलियो भएको हो । भुसालले नेकपा एस गठनका लागि डकु’मेन्टको कामहरु गरेपनि अन्तिम समयमा माधव नेपाललाई साथ दिएनन् ।

माधब नेपाललाई पार्टीको दोस्रो जुस्ताका नेताहरुले साथ दिनन् तर तेस्रो पुस्ताका नेताहरुले दरो साथ दिदै आएका छन ।
त्ससमा धेरै नेताहरु छन नाम खासैं आउँदैन तर रामकुमारी झाँक्री माधब नेपालका लागि बिम्ब बनेर उदाएकी छिन ।

त्यसैले पनि रामकुमारी झाँक्री माधब नेपालको नेतृत्वमा रहेको नेकपा एकीकृत समाजवादी पार्टी को महासचिव भन्ने सक्ने सम्भावना रहेको छ । तेस्रो पुस्ताका नेताहरुले पनि दबाव दिन सक्छन । -दैनिक न्युज नेपाल

तल कमेन्टमा आफ्नो प्रत्रिकृया लेख्न नभुल्नु होला ।

हाम्रो फेसबुक पेज