जब अफगानिस्तानका पूर्व आईटी मन्त्री जर्मनीमा पिज्जा डेलिभरी गरिरहेको भेटिए…


अफगानिस्तानमा आईटी मन्त्री भईसकेका सैयद अहमद शाह सादात हाल जर्मनीमा पिज्जा वितरण गरीरहेका छन्। यद्यपि तालिबानले काबुल कब्जा गर्नुभन्दा पहिले नै उनी यो नयाँ जागिरमा सामेल भएका थिए, तर उनले यसअघि नै यो आशंका गरेका थिए कि अफगानिस्तानको स्थिति आउँदो समयमा गम्भिर बन्नेछ।

अफगानिस्तानमा वर्षौंदेखि चलिरहेको खराब अवस्थाको एउटा ठूलो उदाहरण हुन् सादत, जो कुनै बेला मन्त्रालय सम्हाल्दै थिए र आज उनी पिज्जा कम्पनीको ड्रेसमा देखिएका छन्।

अफगानिस्तानका आईटी मन्त्री सैयद अहमद शाह सादात जर्मनीको लाइपजिगमा साइकलमा पिज्जा दिइरहेको अवस्थामा भेटिएका थिए।

जतिबेला उनी आईटी मन्त्री थिए त्यस समयमा उनले अफगानिस्तानमा सेल फोन नेटवर्कलाई बढावा दिएका थिए।

अलजजीराले हालै ट्वीटमार्फत उनको तस्बिरहरु सेयर गरेको छ। सादातले गत वर्ष मात्र सूचना मन्त्रीको पदबाट राजीनामा दिएका थिए।

अलजजीराले उल्लेख गरेअनुसार, पदबाट राजीनामा दिएपछि, अफगानिस्तानका आईटी मन्त्री सादात सन् २०२० को अन्त्यमा जर्मनी गएका थिए र त्यसपछि उनले पिज्जा डेलीभरी ब्वाईको काम शुरु गरेका थिए।

उनले भनेअनुसार सरकारमा दुई बर्ष सेवा गरिसकेपछि २०१८ मा अफिस छोडेर यस्तो जागिर लिएको कारण उनको घरमा केहीले आलोचना गरे ।

“मलाई दोषी ठान्नुपर्ने कुनै कुरा छैन,” ४९ वर्षीय ब्रिटिश-अफगान दोहोरो नागरिकले आफ्नो बाइकको छेउमा सुन्तला रंगको ड्रेसमा उभिएर भने।

उनीसँग आईटी र दूरसञ्चार मा डिग्रीका साथ सादातले सम्बन्धित क्षेत्रमा काम पाउने आशा थियो। तर कुनै जर्मन भाषा बिना, उनको मौका कमजोर थियो।

“भाषा सबैभन्दा महत्त्वपूर्ण भाग हो,” सादातले भने। उनी हाल दैनिक ६  घण्टाको बेलुकाको आफ्नो सिफ्ट शुरु हुनुभन्दा पहिले ४ घण्टा जर्मन भाषा सिकिरहेका छन् ।

उता काबुलमा तालिबानको कब्जापछि हाल अफगानिस्तानको स्थिति धेरै गम्भीर छ। मंगलबार तालिवानले देशमा आफ्नो सरकार गठन गरेर मन्त्रीहरुको घोषणा पनि गरेको छ ।


technologykhabarबाट साभार तल कमेन्टमा आफ्नो प्रत्रिकृया लेख्न नभुल्नु होला ।

हाम्रो फेसबुक पेज