मलेसिया बाट अगष्ट २० सम्म ९६ हजार अवैधानिक श्रमिक फर्किए, नेपालीको संख्या कती छ ?


क्वालालम्पुर : अगस्ट मलेसियावाट अवैधानिक अवस्थामा रहेको श्रमिकमध्ये अगष्ट २० सम्म ९६ हजार ८ सय ९ जना आआफनो देशमा फर्किएको मलेसियाको सरकारी सन्चार

माध्यम वर्नामाले जनाएको छ । यसमध्ये सवैभन्दा धेरै इण्डोनेसिया, भारत, नेपाल, वंगलादेश, म्यानमार तथा भियतनामका रहेको उक्त संचार माध्यमले उल्लेख गरेको छ ।

मलेसियन आप्रवासन नियन्त्रण बिभाग का उप – महानिर्देशक दातोक मखजान मुह्ममदिनले यो क्रम डिसेम्वर अन्तिम सम्म निरन्तर रहिरहने पनि वताए ।

उनले संचारकर्मिहरुलाई भने वैधानिक प्रमाण,हवाईटिकट,७२ घण्टे,पिसिआर रिपोर्ट लिएर सिधै केयलआईए अन्तर्राष्ट्रिय विमानस्थलमा गएर ५०० रिंगेट जरिवाना वुझाएर फर्कन सक्नेछन ।

रिक्यालिब्रेशन रिहाईरिङ्कार्यक्रम अन्तरगर्त १ लाख ७४ हजार भन्दा बढी अवैधानिक विदेशी कामदारहरुले रोजगारदाता कम्पनीसंगको सहायतामा वैधानिक हुनलाई आवेदन दिइसकेको पनि वताए ।

तल कमेन्टमा आफ्नो प्रत्रिकृया लेख्न नभुल्नु होला ।

हाम्रो फेसबुक पेज