आईओएस प्रयोगकर्तालाई युट्युबको पिक्चर इन पिक्चर मोड उपलब्ध हुने


आईओएस प्रयोगकर्तालाई युट्युबको पिक्चर इन पिक्चर मोड उपलब्ध हुने

भिडियो सेयरिङ्ग प्लेटफर्म युटुयुबले सबै आईओएस प्रयोगकर्ताका लागि पिक्चर इन पिक्चर मोड रोल आउट गर्न शुरु गरेको छ । युटुयुबले सुरुमा प्रिमियम प्रयोगकर्तालाई यो फिचर उपलब्ध गराउनेछ र त्यसपछि मात्र अरु आईओएस प्रयोगकर्ताहरुका लागि जारी गर्नेछ।

यो फिचर सबैभन्दा पहिले अमेरिकासहित आईओएस प्रयोगकर्ताका लागि उपलब्ध हुने भनिएकोमा अन्य देशहरुका प्रयोगकर्ताहरुलाई पनि उपलब्ध हुने युट्युबले जनाएको छ । यो मोडले प्रयोगकर्ताहरुलाई ब्राउजरमा अरु काम गरिरहँदा मिनी प्लेअरमा भिडियो हेर्ने सुबिधा दिनेछ । यसको अर्थ युट्युब हेर्दै अन्य एपहरु समेत चलाउन सकिनेछ।

युट्युबले यो साताको शुरुवातमा प्रिमियम प्रयोगकर्ताहरुलाई सो नयाँ फिचर परीक्षणका लागि आमन्त्रण गरेको थियो ।

यो फिचर नेटफ्ल्क्सि, ट्वीच, अमेजन प्राइभ भिडियो डिज्नी प्लस र एप्पल टिभीले यसअघि नै प्रयोगमा ल्याइसकेका छन् । यो फिचरले मोबाइलमा अन्य काम गर्दै भिडियो हेर्न सहज बनाउने छ । प्रिमियम प्रयोगकर्ताहरुको लागि यो परिक्षण अक्टोबर ३१ मा सकिने जनाइएको छ ।

त्यसपछि यो फिचर ठूलोसंख्यामा रोलआउट गरिने बताईएको छ ।

एन्ड्रोइडमा, यूट्यूब पिक्चर इन पिक्चर मोड धेरै समयदेखि उपलब्ध छ। अमेरिकामा एन्ड्रोइड प्रयोगकर्ताहरुको एन्ड्रोइड ओरियो वा त्यसपछिका नयाँ भर्सन चलाउने, जो सशुल्क सदस्यता छैन भने पनि पीआईपी प्लेब्याकको एक विज्ञापन समर्थित संस्करण २०१८ मा जारी गरिएको थियो ।

TK Viber

प्रकाशित: १२ भाद्र २०७८, शनिबार


technologykhabarबाट साभार तल कमेन्टमा आफ्नो प्रत्रिकृया लेख्न नभुल्नु होला ।

हाम्रो फेसबुक पेज