अफगानी क्रिकेटर रासिद खान भन्छन्- अफगानीलाई मार्न बन्द गर – Thulo Khabar


११ भदौ, काठमाडौं । अफगानिस्तानका युवा क्रिकेटर रासिद खानले विश्व समुदायसँग अफगानिस्तानको हिंसा अन्त्यको लागि अग्रह गरेका छन् । सामाजिक सञ्जाल ट्वीटरमार्फत उनले भनेका छन्- अहिले पुनः काबुलमा रगत बगिरहेको छ । कृपया, अफगानीलाई मार्न बन्द गर ।’

बिहीबार काबुल विमानस्थलमा भएको बम विष्फोटको घटनालाई लक्षित गर्दै रासिद खानले यस्तो प्रतिक्रिया दिएका हुन् । बिहीबार विमानस्थलमा भएको उक्त आक्रमणमा परी अहिलेसम्म ९० जनाको मृत्यु भएको छ । जसमध्ये १३ जना अमेरिकी सैनिक छन् । यो आक्रमणको तालिबानले भत्र्सना गरेको छ । तालिबानले यो आक्रमण अमेरिकी सेनाको नियन्त्रणमा रहेको स्थानमा भएको बताएको छ ।

यसअघि अगष्ट १० मा रासिद खानले विश्व समुदायलाई अफगानिस्तानलाई समस्यामा छाड्न नजान आग्रह गर्दै ट्वीट गरेका थिए । उनले अफगानिस्तानमा प्रत्येक दिन निर्दोष मानिस, बालबालिका र महिला मारिइरहेको, घर र सम्पत्तिहरु ध्वस्त भइरहेको भन्दै उनले यो अवस्थामा अफगानिस्तानलाई नछाड्न उनले विशव समुदायलाई अपिल गरेका थिए । उनले आफूहरुले शान्ति चाहेको उनको भनाइ थियो ।

तालिबानले अफगानिस्तानलाई आफ्नो नियन्त्रणमा लिएसँगै आगाम महिना तय गरिएको अफगानिस्तान र पाकिस्तानबीचको एकदिवसीय क्रिकेट अर्को वर्षसम्मका लागि स्थगित गरिएको छ । तालिबानले पुरुष क्रिकेट टोलीमा कुनै किसिमको हस्तक्षेप नगर्ने बताएको छ । तर, महिला खेलकूद के हुन्छ भन्ने स्पष्ट भइसकेको छैन ।

एजेन्सीहरुको सहयोगमा

window.fbAsyncInit = function () { FB.init({ appId: '280041239029772', xfbml: true, version: 'v2.7' }); }; (function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) { return; } js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));
अनलाइनखबरबाट साभार तल कमेन्टमा आफ्नो प्रत्रिकृया लेख्न नभुल्नु होला ।

हाम्रो फेसबुक पेज