शाओमीको आम्दानी ६४ प्रतिशतले बढ्यो, अटोनोमस ड्राइभिङ्ग क्षेत्रमा कदम चाल्दै


शाओमीको आम्दानी ६४ प्रतिशतले बढ्यो, अटोनोमस ड्राइभिङ्ग क्षेत्रमा कदम चाल्दै

काठमाडौंको नयाँ बानेश्वरमा खोलिएको नयाँ सर्भिस सेन्टर । फाइल फोटो

स्मार्टफोन निर्माता शाओमी कर्पको दोस्रो त्रैमासिक आम्दानी एक बर्ष पहिलेको तुलनामा ६४ प्रतिशतले बढेको छ। कम्पनीले बुधबार मात्रै स्वचालित ड्राइभिङ्ग स्टार्टअप खरीदको घोषणा गरेको छ जसमार्फत यो प्रतिस्पर्धी बजारमा विस्तार गर्नको लागी तयार हुन लागेको छ।

कम्पनीको बिक्री ८७.८ अर्ब युआन (१३.५६ अर्ब डलर) मा पुग्यो, जबकि एक बर्ष पहिले ५३.५४ अर्ब युआन भन्दा माथि थियो र ८४.५३ अर्ब युआनको विश्लेषक अपेक्षाहरुहरुभन्दा माथि आम्दानी गरेको छ।

शुद्ध आय ६.३२ अर्ब युआन पुग्दै वार्षिक वृद्धिदर ८७.४ प्रतिशत भन्दा माथि पुगेको छ।

शाओमीको प्रतिद्वन्द्वी ह्वावे टेक्नोलोजीज विरुद्ध अमेरिकी सरकारको प्रतिबन्धले टेक जायन्टको स्मार्टफोन डिभिजनलाई प्रभावी ढंगले कमजोर बनाएको छ र चिनियाँ एन्ड्रोइड निर्माताहरु ओप्पो र भिभोसंगै शाओमीलाई आफ्नो बजार शेयर बढाउन अनुमति दिएको छ।

रिसर्च फर्म क्यानालीसका अनुसार ग्लोबल स्मार्टफोन बजारमा शाओमीको हिस्सा जूनमा समाप्त भएको क्वार्टरमा ८३ प्रतिशतले बृद्धि भएको छ । यो अवधिमा ५ करोड २८ लाख फोन बजारमा पठाइयो, यो सामसङपछि र एप्पल भन्दा अगाडि रहेर यसको इतिहासमा पहिलो पटक विश्वको दोस्रो सबैभन्दा धेरै बिक्रि हुने ब्रान्ड बनेको छ।

तर घरेलु बजारमा भने अझै यो तेस्रो स्थानमा छ।

यसैबिच कम्पनीले अटोनोमस ड्राइभिङ्ग स्टार्टअप किन्ने घोषणा गरेको छ । कम्पनीले डिपमोशनलाई करिब ७७.३७ मिलियन डलरमा किनेर सो क्षेत्रमा प्रवेश गर्न अनुसन्धान तथा विकासको क्रममा लागेको कम्पनीका अध्यक्ष वाङ्ग जियाङ्गले बताए।

गत मार्चमा मात्रै कम्पनीले इलेक्ट्रिक कार क्षेत्रमा १० अर्ब डलर लगानी गर्ने घोषणा गरेको थियो । एजेन्सीका साथ

TK Viber

प्रकाशित: १० भाद्र २०७८, बिहीबार


technologykhabarबाट साभार तल कमेन्टमा आफ्नो प्रत्रिकृया लेख्न नभुल्नु होला ।

हाम्रो फेसबुक पेज