दुवै डाे’ज खाेप लगाएकी नेपालकी पौडीबाज गौरिकालाई को’रोना संक्र’मण !


काठमाडौ : सागकी स्वर्णधारी खेलाडी गौरिका सिंहलाई को’रोना भएकाे छ । यसै महिना जापानमा सम्पन्न टोकियो ओलम्पिकमा प्र’तिस्पर्धा गरेर बेलयात पुगेकी

नेपालकी पौडीबाज गौरिकाले सामाजिक संजालमार्फत आफूलाई संक्र’मण भएको जानकारी दिएकी छिन् । उनका अनुसार दुवै डाे’ज लगाएपनि काे’राेना देखिएकाे हाे ।गौरिकाले संक्र’मण

भएको व्यक्तिको सम्पर्कमा आएपछि परि’क्षण गर्दा आफ्नो नतिजा पनि पो’जेटिभ आएको जानकारी दिइन् । उनले आफूलाई कुनै लक्ष’ण नदेखिएको र खोपको दुवै डो’ज लगाएपनि १० दिनको लागि क्वा’रेन्टिन बस्ने बताएकी छिन् ।

उनले नियमित मास्क लगाएर स्वास्थ्य मा’पद’ण्ड पालना गरेपनि सं’क्रमण भएको बताइन् ।गौरिकाले आफूलाई कुनै लक्षण नरहेको र परिक्षण नगरेको भए सं’क्रमणबारे थाहा नहुन सक्ने बताइन् ।

उनले सबैलाई सुरक्षित रहन अनुरोध गर्दै आफ्नो सुस्वास्थ्यको कामना गर्ने सम्पूर्णलाई धन्यवाद व्यक्त गरिन् । गौरिकाले टोकियो ओ’लम्पिकमा महिला १ सय मिटर फ्रिस्टाइलमा प्र’तिस्पर्धा गर्दै लङ कोर्षमा राष्ट्रिय कीर्तिमान कायम गरेकी थिइन् ।

गौरिका यसै महिना उच्च शिक्षाका लागि अमेरिका जाने कार्यक्रम रहेको छ । उनले ओलम्पिकपछि केहि समय परिवारसँग बिताएर अमेरिकास्थित टफ्ट्स विश्वविद्यालय जाने जानकारी दिएकी थिइन् ।

तल कमेन्टमा आफ्नो प्रत्रिकृया लेख्न नभुल्नु होला ।

हाम्रो फेसबुक पेज