अब मास्क नलगाउनेलाई २ सय रुपैयाँ जरिवाना !


वीरगन्ज : पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले मास्क नलगाउने सर्वसाधारणलाई कारवाही गरिने चेतावनी दिएका छन् ।

सोमबार जिल्ला प्रहरी कार्यालय तथा जिल्ला ट्राफिक प्रहरी कार्यालयद्वारा वीरगन्जमा आयोजित जनचेतनामुलक र्यालीलाई सम्बोधन गर्दै प्रजिअ घिमिरेले अब उप्रान्त कोरो’ना सम्बन्धित मापदण्ड उल्लं’घन गरि मास्क नलगाउने जो कोहीलाई पनि

कारवाही स्वरुप २ सय रुपैयाँ जरिवाना गरिने चेता’वनी दिए ।
विगत ४ महिनादेखि नेपाल प्रहरीले संचालन गरेको ‘तपाईको मास्क खोई’ अभियान अन्तर्गत कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रमा वीरगंजमा को’रोना भाइ’रस सं’क्रमण न्यून मात्रै भएकोले सामाजिक दुरी लगायत स्वास्थ्य मापदण्डका

नियमहरु पालना नगरे पुनः संक्र’मण फैलिन सक्ने सम्भावना रहेकोले स्वास्थ्य मापदण्ड’लाई कडाईका साथ लागु गराउनुपर्ने प्रजिअ घिमिरेले बताए ।

केही दिनयता वीरगंजबाट कोरो’ना भा’इरस अन्त्य नै भइसकेको भन्ने यहाँका नागरिकहरुलाई लागि रहेकोले मास्क नलगाउनुका साथै निर्धक्कका साथ भीडभाडमा जानु तथा स्वास्थ्य मापदण्डलाई पालना गर्नमा ढिलाई गरेको पनि उनको भनाइ छ ।

उनका अनुसार प्रहरी प्रशासन लगायत विभिन्न संघ संस्थाहरुले पटक पटक जनचेतना फैलाउँदै आएपनि सर्वसाधारणहरुले त्यसलाई वेवास्ता गरिएको छ । तर, अब उप्रान्त स्वास्थ्य मापदण्ड उल्लंघन गर्नेलाई कारवाही गरिने उनले बताए ।

मुलुकका विभिन्न जिल्लाहरुमा तेश्रो भेरियन्टको कोरोना संक्रमण फैलि रहेको अवस्थामा वीरगँजमा हदसम्म न्यूनीकरण भएकोमा उनले खुसी पनि व्यक्त गरे । उनले भने, ‘हामी वीरगन्जबासीको लागि सुखद पक्ष रहेको भन्दै वीरगंजलाई गत वर्ष जस्तै कोरो’ना संक्र’मणको केन्द्र विन्दु पुनः बन्न नदिन स्वास्थ्य मापदण्डलाई पालना गर्नुपर्दछ ।’

स्वास्थ्य नै सबैभन्दा ठूलो धन रहेकोले आफ्नो स्वास्थ्यलाई आफैले ध्यान दिनुपर्नेमा प्रहरी प्रशासन लगायत विभिन्न संघ संस्थाहरुले पटक पटक आग्रह गर्दा पनि वेवास्ता गरिएको कारण यसलाई कडा’ईका साथ लागु गराउन कारवाही आवश्यक रहेको उनले बताए ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक बेल बहादुर पाण्डे, सशस्त्र प्रहरी बल पर्साका गणपति प्रहरी उपरीक्षक राजेन्द्र खडका, श्री चण्डी प्रसाद गण पर्साका निमित्त गणपति नैना बस्नेत, वडा प्रहरी कार्यालय श्रीपुर

वीर्ताका प्रमुख लगायत विभिन्न संघ संस्थाका पदाधिकारी, सञ्चारकर्मी, विभिन्न सामुदायिक संस्थाका पदाधिकारीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा सहभागी प्रमुख अतिथि तथा विशिष्ठ अतिथिहरुले ट्राफिक प्रहरीहरूलाई ‘तपाईको

मास्क’ खोइ अँकित फित्ता लगाईदिनुका साथै को’भिडबाट जोगिन मास्क लगाउनुको औचित्य र अनिबार्यता सम्बन्धमा आआफ्नो मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम पश्चात घण्टाघरदेखि माइस्थान सम्म मास्क नलगाएकाहरुलाई मास्क वितरण समेत गरिएको थियो ।

तल कमेन्टमा आफ्नो प्रत्रिकृया लेख्न नभुल्नु होला ।

हाम्रो फेसबुक पेज