माधव नेपालको पार्टीका नेता बसिरहेको रिसोर्टलाई प्रशासनले यस कारण सोध्यो स्पष्टिकरण ।


काठमान्डौ : माधव नेपाल समूहका नेताहरु बसिरहेको चन्द्रागिरी हिल्ट रिसोर्टलाई काठमाडौं जिल्ला प्रशासन कार्यालयले स्पष्टि’रकण सोधेको छ ।

जारी निषे’धाज्ञा उल्लं’घन गरेर भिडभाड गराएको भन्दै प्रशासनले स्पष्टीकरण सोधेको हो ।प्रस्तावित एकीकृत समाजवादी बैठक चलिरहेको उक्त रिसोर्टलाई काठमाडौं जिल्ला प्रशासनले निषेधाज्ञा उल्लंघन गरेर किन भिडभाड गराएको भन्दै स्पष्टीकरण सोधेको हो ।

रिसोर्टमा सोमबार बेलुकादेखि उक्त पार्टीको भेला चलिरहेको छ । भेलामा सयभन्दा बढी नेताहरु सहभागी छन् ।काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले निषेधाज्ञाका प्राव’धान विपरीत मानिसको भीडभाड गरेको विषयमा रिसोर्ट प्रशासनसँग स्पष्टीकरण सोधिएको बताए ।

एमालेबाट फुटेर नयाँ दल दर्ता प्रक्रियामा रहेका पूर्वप्रधानमन्त्री समेत रहेका नेता नेपालले केन्द्रीय सदस्य र सांसदलाई ‘सुरक्षित राख्न’ सोमबार रिसोर्टमा पुर्‍याएका हुन् ।पराजुलीले निषे’धाज्ञा उल्लं’घन गर्दै मानिसको भिडभाड र

आवासीय व्यवस्थाका विषयमा आफूले फोनबाटै रिसोर्ट प्रशासनसँग जानकारी मागेको र यो निषेधाज्ञा विपरीत गतिविधि भएकाले यस्ता काम रोक्न प्रशासन लागिपर्ने बताए । रिसोर्टमा सोमबार बेलुकादेखि १ सय जनाभन्दा धेरै नेता सहभागी भएको भेला अहिले पनि जारी छ ।

तल कमेन्टमा आफ्नो प्रत्रिकृया लेख्न नभुल्नु होला ।

हाम्रो फेसबुक पेज